बार्सिलोनाको फराकिलो जित

काठमाडौं, भदौ ८ । स्पेनिस लिग ला लिगामा क्याटलान क्लब बार्सिलोनाले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा इल्चेलाई ५-० गोलले पराजित गर्दै बार्सिलोनाले लिगमा शानदार शुरुवात गरेको हो ।
इस्टाडियो मानुएल मार्टिनेज भालेरोमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हा र फेर्मिन लोपेजले समान दुई/दुई गोल गर्दा क्रिम अडेयमीले एक गोल थपे । खेलको १४ औँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयमा क्रिम अडेयामीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ६७ औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना फराकिलो जिततर्फ अगाडि बढेको थियो । ७१ औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई ४-० गोलको अग्रता दिलाए ।
यस्तै ७९ औँ मिनेटमा लोपेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५-० गोलको जित दिलाएका हुन् । जितसँगै बार्सिलोनाले तीन अंक जोडेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार ०८:१९‘१२ गाउँ २’ को ब्रेकडान्स शैलीको ‘जुनेली’ सार्वजनिक
स्वास्थ्य/जानकारी टिप्स२०८३ भाद्र २९, सोमबार २१:३६रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८ घर फर्किए
समाचार२०८३ भाद्र २९, सोमबार २०:३०बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह
समाचार२०८३ भाद्र २९, सोमबार १७:२९अन्तराष्ट्रिय धादिङ समाजको आयोजनामा बैरेनी अस्पतालमा दुई दिने नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न,२३५ जना लभान्वित









