भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

भक्तपुर अस्पतालमा आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

भक्तपुर, ११ असार । भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्र्तगत निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले जानकारी दिए । आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया अभियानका रूपमा सुरु गरेको अस्पतालले पहिलो दिन मङ्गलबार तीन जनाको शल्यक्रिया गरेको छ ।

“आज पाँच जनाको शल्यक्रिया गर्ने तयारी छ”, निमित्त निर्देशक डा भट्टले भने । आङ खसेका महिलाहरुलाई अस्पतालमा सम्पर्क गरेर निःशुल्क शल्यक्रियाका लागि आउन उनले आह्वान गरे । रासस

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   1   =  

Protected by Spam Master