राष्ट्रिय सभा सदस्य न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त

पोखरा । राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त गरिएको छ। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम न्यौपानेलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार, न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। यसअघि सो मन्त्रालयका मन्त्री राजकुमार गुप्ताले भ्रष्टाचारसम्बन्धी आरोपमा मुछिएपछि मंगलबार संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए। न्यौपानेको नियुक्तिसँगै मन्त्रालयले नयाँ नेतृत्व पाएको छ।

तनहुँकी न्यौपानेले २०७४ को स्थानीय तह निर्वाचनमा भानु नगरपालिकाको मेयर पदमा पराजय बेहोरे पनि नेकपा (एमाले) को सिफारिसमा २०७६ मा राष्ट्रिय सभा सदस्य बनेकी थिइन्। त्यतिबेला नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धनका कारण उनले सहजै निर्वाचन जितेकी थिइन्। हाल उनी एमालेको केन्द्रीय सदस्य र राष्ट्रिय सभामा पार्टीको सचेतकको भूमिकामा छिन्।
वि.सं. २०५१ मा एमालेको साधारण सदस्यबाट राजनीतिक यात्रा सुरु गरेकी न्यौपानेले विद्यार्थी राजनीतिबाट आफूलाई स्थापित गरिन्। अनेरास्ववियुको राष्ट्रिय परिषद् सदस्य, अनेमसंघ तनहुँको दुई कार्यकाल अध्यक्ष र पार्टीको जिल्ला कमिटीमा सक्रिय रहँदै उनले तनहुँमा ९ वर्षसम्म सचिवको जिम्मेवारी सम्हालिन्। २०६२/६३ को जनआन्दोलनमा उनको सक्रियताले तनहुँमा उनलाई जुझारु नेतृको पहिचान दिलायो।
प्रधानमन्त्री ओलीको विश्वासपात्र मानिने न्यौपानेको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी फागुनमा समाप्त हुँदैछ। तर, त्यसअघि नै उनले कर्मचारी प्रशासनको महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेकी छिन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=18967, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ फाल्गुन ९, शनिबार २०:२४१२ वर्षपछि सहाराको कमब्याक:२५औं आहारारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारालाई
समाचार२०८२ फाल्गुन ८, शुक्रबार २२:५४शनिबार आहा रारा पोखरा गोल्डकपको फाइनल,जावलाखेल र आयोजक सहारा क्लब वीच राेचक भिडन्त
समाचार२०८२ फाल्गुन ८, शुक्रबार १२:५७गण्डकी प्रदेशका ५५ उत्कृष्ट ग्रामीण उद्यमीका लागि नेतृत्व तथा व्यवस्थापन कार्यशाला सम्पन्न
समाचार२०८२ फाल्गुन ७, बिहीबार २१:४६जन्मदिनको खर्च रकम फोटो पत्रकारलाई सहयोग







