लगानीमैत्री वातावरणका लागि कानुनी सुधार प्राथमिकतामाः परराष्ट्रमन्त्री
काठमाडौँ-परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
काठमाडौँ क्षेत्र नं ६ अन्तर्गत टोखा नगरपालिका–१ बौडेश्वर झोरमा आज आयोजित मतदाता भेटका क्रममा उहाँले केही दिनभित्रै लगानीसँग जोडिएका केही कानुन संशोधन गर्न लागिएको उल्लेख गर्नुभयो ।
कानुनी व्यवस्था सहज नभएसम्म लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न कठिन हुने उहाँको भनाइ थियो । उद्योग व्यवसाय फस्टाउने वातावरण बनेपछि मात्रै रोजगारी सिर्जना र आर्थिक समृद्धिले गति उहाँको भनाइ थियो ।
मन्त्री खनालले काठमाडौँ क्षेत्र नं ६ मा विकाससँग जोडिएका विभिन्न योजनामध्ये साङ्ला खोला करिडोरलाई जोड्ने विषयलाई आफूले प्राथमिकता दिएको उल्लेख गर्नुभयो । काठमाडौँ क्षेत्र नं ६ को विकासका लागि आफू निरन्तर लागिपरेको उहाँको भनाइ थियो ।
फरक एक प्रसङ्गमा मन्त्री खनालले परराष्ट्रमन्त्री प्रधानमन्त्री वालेन्द्र शाहको चीन भ्रमणको मिति तय भई नसकेको बताउनुभयो ।
सञ्चारकर्मीको एक जिज्ञासामा मन्त्री खनालले भन्नुभयो, “छिमेकी मुलुक भारतको भ्रमण सकिएपछि उत्तरी छिमेकी चीनको भ्रमण हुन्छ भन्ने आधारमा विभिन्न सञ्चारमाध्यममा समाचार आए पनि अहिलेसम्म प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ भन्ने टुङ्गो लागिसकेको छैन”, उहाँले भन्नुभयो ।
परराष्ट्रमन्त्री खनालले उच्चस्तरीय भ्रमणका लागि परराष्ट्र मन्त्रालयले निरन्तर तयारी गरिरहेको उल्लेख गर्नुभयो । परराष्ट्र मन्त्रालयले आफ्नो तयारीको काम सधैँ अघि बढाउने उहाँको भनाइ थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ मंसिर १४, आईतवार १९:५४लगानीमैत्री वातावरणका लागि कानुनी सुधार प्राथमिकतामाः परराष्ट्रमन्त्री
समाचार२०८३ मंसिर १४, आईतवार १६:३२चेपाङ बालबालिकाको शिक्षामा बेनीघाट रोराङको प्रयास प्रशंसनीय : अध्यक्ष दाहाल
समाचार२०८३ मंसिर १३, शनिबार १९:५९भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता
कला, विचार/मनोरञ्जन२०८३ मंसिर १३, शनिबार १२:०५लमजुङबाट सुरु भयो चलचित्र ‘लुसु’को छायांकन » Celebrity Nepal




