डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया सम्पन्न

डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया सम्पन्न

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालले ‘डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा बुधबार विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार महिलाका लागि ‘डिजिटल मिडिया व्यवस्थापन र पत्रकार आचारसहिता’सम्बन्धी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको संयोजन क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे)ले गरेको उक्त कार्यक्रममा विभिन्न मिडियामा कार्यरत ३२ महिला पत्रकारको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य सन्तराम बिडारीले पत्रकार आचारसंहिताको विषयमा विस्तृत जानकारी दिनुभयो । त्यस्तै, प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्यालले पत्रकार महिलाको जिज्ञासा मेटाउँदै काउन्सिल पत्रकारको सहयोगी संस्था रहेको र यसले पत्रकारितालाई व्यावसायिक र मर्यादित बनाउन सहजीकरण गर्ने बताउनुभयो ।

त्यस्तैगरी काउन्सिलको पूर्वसदस्य एवं डब्लुडब्लुजेकी सल्लाहकार शुभेच्छाविन्दु तुलाधरले काउन्सिलले जारी गरेका महिलामैत्री सञ्चार निर्देशिका, अपाङ्गतामैत्री सञ्चार निर्देशिकालगायतको विषयमा जानकारी दिनुभयो । उहाँले यो निर्देशिकाहरू नेपालको राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूलाई विस्तृत अध्ययन गर्नुका साथै सम्बन्धित सरोकारवालाको रायसुझाव सङ्कलन गरी यी निर्देशिकाहरू तयार पारेको स्मरण गर्नुभयो ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले युट्युब व्यवस्थापनमा काउन्सिलले काम गरिरहेको जानकारी गराउनुभयो । डब्लुडब्लुजेकी अध्यक्ष रामकला खड्काले हाल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्ताक्षेप बढ्दै जानु गम्भीर प्रकृतिको विषय रहेको बताउँदै पत्रकारले आचारसंहिताको पालना गर्दै मर्यादित, उत्तरदायी र व्यावसायिक पत्रकारितालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
https://www.presscouncilnepal.gov.np/np/2025/07/18/9875/, www.presscouncilnepal.gov.np

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 7   +   3   =  

Protected by Spam Master