गण्डकी विश्वविद्यालयमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, आयुस र कृष्टिना विजेता

पाेखरा । गण्डकी विश्वविद्यालय अन्तर्गतको स्नातक तह खेलकुद कार्यक्रम चौथो ब्याचका विद्यार्थीहरूको आयोजनामा “एक्सपर्ट एजुकेशन गण्डकी विश्वविद्यालय अन्तर कार्यक्रम ब्याडमिन्टन प्रतियोगिता” सम्पन्न भएको छ।
प्रतियोगितामा पुरुषतर्फ आयुस रावलले उपाधि जित्दा सुजन तिवारी दोस्रो स्थानमा रहे। महिलातर्फ कृष्टिना ढकाल विजेता घोषित भइन् भने मुना कुमारी बसाइँ उपविजेता बनिन्।
समापन समारोहमा विजयी खेलाडीहरूलाई सिल्ड, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरियो। गण्डकी विश्वविद्यालय कानून तथा व्यवस्थापन संकायका डीन हिमराज गिरीले खेलकुदमार्फत व्यवहारिक ज्ञानको अभ्यास सराहनीय रहेको बताए। उनले भने, “विद्यार्थीहरूले किताबी ज्ञानलाई व्यवहारमा उतारेर उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।”
एक्सपर्ट एजुकेशन पोखरा शाखाका बिजनेस डेभलपमेन्ट म्यानेजर विष्णु प्रसाद गौतमले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिए। “विद्यार्थीको क्षमता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा लैजाने उद्देश्यले यस्ता कार्यक्रमहरू आवश्यक छन्,” उनले स्पष्ट पारे।
समापन कार्यक्रमका अध्यक्ष सुरेशराज अधिकारीले विद्यार्थीहरूको सक्रियता प्रेरणादायी भएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
प्रतियोगिता सफल बनाउन विभिन्न उप-समितिहरू गठन गरिएको थियो। अर्थ समितिको संयोजकमा सुजित लामिछाने, सञ्चार समितिमा कृति गिरी, प्राविधिक समितिमा संजोक न्यौपाने, मञ्च व्यवस्थापनमा शान्ति सिरिश, तथा मैदान व्यवस्थापन समितिमा विमल विक लगायतको भूमिका उल्लेखनीय रह्यो।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19152, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत








