तुलसीघाटमा पुल निर्माण सकियो

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ९ र ११ जोड्ने तुलसीघाटमा पुल निमार्ण सम्पन्न भएको छ । दुई लेनको आर्कब्रिज (पुल) सम्झौता समयभित्रै निमार्ण सकिएपछि यातायात सञ्चालनमा आइसकेको छ ।
पुल निर्माण सम्पन्न भएसँगै महेन्द्रपुलमा देखिँदै आएको ट्राफिक चाप कम हुने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सडक विभाग पुल सेक्टर पोखराका इन्जिनियर विदुर सुवेदीले बताए ।
स्थानीय विकास मात्र नभइ यसले समग्र महानगरकै सडक सञ्जालमा सकारात्मक भुमिका खेल्ने उनको भनाइ छ । हजारौं यात्रुलाई सहयोग पुग्ने उनले बताउँदै तुलसीघाट थप व्यवस्थित बन्ने उनले बताए ।
पुल निमार्ण सम्पन्न भएसँगै स्थानीयले लामो समयदेखि आउजाउमा दैनिक जसो भोग्नुपरेको सास्तीको अन्त्य भएको महसुस गरेका छन् ।
आर्कब्रिज’को लम्बाई ६५ मिटर लामो र ११ मिटर चौडाइ छ । पुलको दुवैतर्फ पैदल यात्रीका लागि वाक—वे पनि छ । पुल निर्माणका लागि २०७९ पुसमा कम्पनीले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्झौता गरिएको थियो ।
पोखराको इन्द्रेणी निर्माण कम्पनीले १२ करोड, ८० लाख, ५७ हजार रुपैयाँ लागतमा पुल निर्माण भएको हो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19203, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ७, आईतवार ०६:०५गरिमा हत्या प्रकरणमा सरकार–परिवारबीच सहमति, शालिक निर्माणदेखि कानुन संशोधनसम्म
समाचार२०८३ भाद्र ६, शनिबार २०:२५फेज–टु यात्रामा सल्युट गोर्खाका १०७ प्रशिक्षार्थी, बिदाइसँगै सफलताकाे शुभकामना
समाचार२०८३ भाद्र ५, शुक्रबार १०:४१पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी
समाचार२०८३ भाद्र ४, बिहीबार १९:०६पोखरामा भदौ २० गते ‘ओशो मेगा क्याम्प’ आयोजना हुँदै







