सौगात मल्ल,बुद्दि तामाङ र दीयाको चलचित्र ‘मन्त्र’ युट्युबमा

सौगात मल्ल,बुद्दि तामाङ र दीयाको चलचित्र ‘मन्त्र’ युट्युबमा

काठमाडौं। खिल बहादुर गुरुङको निर्देशनमा बनेको नेपाली चलचित्र ‘मन्त्र’ हरितालिका तीजको अवसर पारेर युट्युबमा सार्वजनिक गरिएको छ। खिल बहादुर गुरुङले निर्देशन गरेको चलचित्र ‘रिमै’ यहि भदौ २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। ‘मन्त्र’ ले हलमा राम्रो ब्यापार गर्न नसके पनि समिक्षक र हेर्ने जति दर्शकबाट उत्कृस्ट प्रतिक्रिया पाएको थियो।

सौगात मल्ल,बुद्दि तामाङ र दीया पुनको मुख्य भूमिका रहेको यस चलचित्रको कथा मनास्लु क्षेत्र आसपासमा केन्द्रित छ। केटी भगाएर (छोपेर) लैजाने त्यहाँको स्थानीय संस्कृतिलाई चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रमा नमिता घिसिङ, वीरबहादुर लामा, पासाङ टी शेर्पा लगायतका कलाकारको दमदार अभिनय समेटिएको छ।

चलचित्रको पटकथा साम्तेन भुटिया, सुनिल नेउरे र परिच्छेद सेनले लेखेका हुन्। रविराज कार्की, सुरेश कार्की र शुभ श्रेष्ठको संयुक्त लगानीमा बनेको ‘मन्त्र’ का कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन्। सञ्जय लामाको छायांकन रहेको चलचित्रमा मित्र डि.गुरुङको सम्पादन छ । चलचित्र ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 6   +   10   =  

Protected by Spam Master