ढुंगेदेउरालीलाई लामाचौर कप भलिबल उपाधि, अन्तर मावि छात्रातर्फ शान्ता विजयी

पोखरा। ढुंगेदेउराली क्लबले रारा लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा मंगलबार फाइनलमा जिएम समाज कावासोतीलाई ३–२ सेटमा पराजित गर्दै उपाधिसहित नगद ३ लाख जितेको हो ।
उपविजेताले १ लाख ५० हजार प्राप्त गरेको छ । खचाखच दर्शकमाझ अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाएको भए पनि स्याङ्जा पौवेगौडेको ढुंगेदेउरालीले २२–२५, २५–१८, २५–२७, २६–२४ र १५–१२ सेटले उपाधिमा कब्जा जमाउन सफल भएको हो ।
चौथो सेट २४–२४ को रोमाञ्चक मोडमा पुगेकोमा सञ्जुविक्रम शाह कप्तानीको ढुंगेदेउरालीले विपक्षीलाई रोकेको थियो । पुरुषततर्फ ढुंगेदेउरालीका सफल बिक सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार पुरस्कार पाए । उनी फाइनलमा म्याच अफ दि म्याच पनि बने ।
विधागत पुरस्कारमा ढुंगेदेउरालीले नै वर्चश्व जमाएको छ । बेस्ट स्पाइकर सञ्जुविक्रम शाह, बेस्ट डिफेन्डर राजन दर्लामी, बेस्ट सर्भर किसान गुरुङ, इमर्जिङ प्लेयर सुगम सुनार र बेस्ट कोच विक्रम नेपाली भए । जिएम समाजका विवश आले बेस्ट सेटर र हिमाल सुनारी बेस्ट ब्लकर घोषित भएको नेपाल भलिबल संघ केन्द्रीय उपाध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।
ढुंगेदेउराली लिग चरणमा समूह ‘ए’ को उपविजेता हुँदै सेमिफाइनल पुगेकोमा एपिएफ पोखरालाई सोझो सेटमै पराजित गरी फाइनलमा जिएम समाजसँग भेट सुनिश्चित गरेको हो ।
जिएम समाजले पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता आयोजक नवआदर्श सामुदायिक विकास समाजको चुनौती सोझो सेटमै पन्छाउँदै फाइनल पुगेको थियो ।
यसैगरी, लामाचौर कप अन्तरमावि छात्रा भलिबल प्रतियोगिताको उपाधि शान्ता माविले जितेको छ । फाइनलमा टप्स माविलाई ३–१ सेटमा पराजित गर्दै उपाधिसहित नगद १ लाख जितेको हो । उपविजेताले ५० हजार पुरस्कार प्राप्त गरेको छ । टप्सले पहिलो सेट आफ्नो पक्षमा पारेको थियो । तर शान्ताले एकाएक रणनीतिक खेल खेल्दै २२–२५, २५–६, २५–१३ र २५–१४ सेटमा उपाधि जितेको हो ।
बेस्ट प्लेयर शान्तकी पृथ्वी गाह बनिन् । शान्तकै अपेक्षा बिक बेस्ट स्पाइकर, अस्तर राई बेस्ट सर्भर, प्रमिला नेपाली बेस्ट ब्लकर, एलिना गुरुङ बेस्ट लिबेरो, टप्सकी एलिजा आले बेस्ट सेटर घोषित भए । बेस्ट कोच शान्तका दिनेश चौधरी र राइजिङ प्लेयर पोखरा युनाइेटेडकी यमुना थापा बने ।
नवआदर्शले संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा २७ औं संस्करणको लामाचौर तीज महोत्सवअन्तर्गत लामाचौर कप आयोजना गरेको हो । सो अवसरमा खेलकुदसहित विविध सांस्कृतिक एवं सांगीतिक कार्यक्रम भएको अध्यक्ष इ.दिनेश भण्डारीले बताए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19380, citypokhara.com
लेखकको बारेमा

लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ आश्विन २९, बुधबार १४:१५ओलीले भने-‘भदौ २३ र २४ का घटना देश सिद्ध्याउने योजनाअनुसार भएका हुन्’
समाचार२०८२ आश्विन २९, बुधबार ११:३३पत्रकारलाई काउन्सिलको सहयोग
समाचार२०८२ आश्विन २८, मंगलवार २३:१७विष्णुपादुका माइस्थान गुठी व्यवस्थापन समितिको साधारणसभा,धार्मिक गतिविधिले मन्दिर थप आकर्षक
समाचार२०८२ आश्विन २८, मंगलवार १२:४६बालेनले किसानलाई ‘फोहर’ भनेपछि किसान महासंघको आपत्ति, सार्वजनिक रूपमा माफी माग्न माग्न चेतावनी