धिरज,मिरुना र दिया को ‘मैझारो’ को टिजर सार्वजनिक

धिरज,मिरुना र दिया को ‘मैझारो’ को टिजर सार्वजनिक



काठमाडौं।
आगामी कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मैझारो’को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमबार घटस्थापनाको दिन पारेर १ मिनेट ५८ सेकेण्डको टिजर सार्वजनिक गरेको हो।

सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार धिरज मगर,मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ। इलामको दृश्यसँगै गाउँले परिवेशमा अभिनेता धिरज मगरलाई देख्न सकिन्छ।

विल्सन विक्रम राईको डेब्यु निर्देशन रहेको चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित छ। ‘मैझारो’ निर्देशक राईकै कथामा निर्माण भएको हो। चलचित्रमा धिरज,मिरुना र दियाका साथमा दयाहाङ राई,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको चलचित्रमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। सौरभ लामाले छायांकन गरेको चलचित्रको फिल्मको वितरण आरआर फिल्मले गर्दैछ र डिजिटल अधिकार ओएसआरले लिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 3   +   5   =  

Protected by Spam Master