‘आफ्नो टोल आफैं सफा राखौं’ अभियानसहित विष्णुपादुका टोल सरसफाइ

पोखरा । विजयादशमीको अवसरमा बुधबार पोखरा–२५ हेमजास्थित विष्णुपादुका टोलमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
‘आफ्नो टोल आफैं सफा राखौं’ भन्ने अभियानसहित विष्णुपादुका टोल विकास संस्थाले आयोजना गरेको कार्यक्रममा विष्णुपादुका मन्दिर परिसर, हारहारी स्ट्रिट नम्बर–८, देवीस्थान मार्ग, मिलनचोक, एकतामार्ग र भिमसेनटोललगायत क्षेत्रमा सरसफाइ गरिएको हो।
यसका साथै नहरचाेकबाट हनुमानचाेकसम्म राजमार्गका डिभाईडर समेत सफा गरिएकाे छ । कार्यक्रममा राजमार्ग आसपासका घरधनीलाई प्रत्येक बिहान आफ्नो घर अगाडि सफा गर्न आग्रह गरिएको छ।
टोल विकास संस्थाका अध्यक्ष रामबहादुर सापकोटा (राजु) ले अबदेखि प्रत्येक हप्ता कम्तीमा १ घण्टा टोल सरसफाइ गरिने जानकारी दिए।

अध्यक्ष सापकोटाले कतिपय व्यक्तिले फोहर गाडीमा फाल्नुपर्ने सामग्री सिँचाइ नहरमा फाल्ने गरेको र यसले महामारी तथा दुर्गन्ध फैलाउने समस्या निम्त्याएको भन्दै अब टोल विकास संस्थाले कडा निगरानीसहित जथाभावी फोहर फाल्नेहरूलाई जरिवाना गर्ने चेतावनी दिए।
उनले भने- “हरेक टोलवासीले आफ्नो परिसर सफा राख्नुपर्छ, घरबाट निस्कने फोहरलाई बोरामा जम्मा गरेर फोहर गाडीमै हाल्नुपर्छ ।”
उनका अनुसार स्वच्छ वातावरण निर्माण गर्न टोलवासी नै सचेत र सक्रिय हुनुपर्ने छ। सरसफाइ कार्यक्रममा विष्णुपादुका टोलका वासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19620, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ १०, आईतवार २१:२९तेश्रो खुल्ला डुंगा दौड प्रतियोगिता जेष्ठको तेश्रो साता
समाचार२०८३ जेष्ठ १०, आईतवार १७:१६प्रतिभा मन्टेश्वरीमा ‘मीट एण्ड ग्रीट’ कार्यक्रम सम्पन्न
समाचार२०८३ जेष्ठ ९, शनिबार १८:५९नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित
समाचार२०८३ जेष्ठ ८, शुक्रबार १०:१५सानिसा कार्यक्रममार्फत गण्डकीमा लगानी र विकासका सम्भावना उजागर







