होटल संघ पोखराद्वारा फेवातालमा सरसफाई

पोखरा।
४६ औं विश्व पर्यटन दिवसको अवसरमा होटल संघ पोखरा नेपालले शुक्रबार फेवा ताल किनारमा सरसफाई कार्यक्रम गरेको छ ।
संघ अन्तर्गतका पदाधिकारी, सदस्य र सल्लाहकारहरुले भाग लिएको कार्यक्रम बाराहीघाट देखी गैह्राको चौतारा सम्म आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिए । फेवाताल पोखराको मात्र नभई देशकै गहना भएको भन्दै उनले ताल र वरपरको वातावरण सफा राख्नु संघको पनि दायित्व भएको उनले बताए ।
सरसफाई कार्यक्रम सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने होटल संघका पदाधिकारी एवम् कार्यसमिति सदस्य, पुर्व अध्यक्ष एवम् सल्लाहकार, होटल प्रतिनिधि समाज, होटल संचालक, व्यवस्थापक तथा कर्मचारी लगायत सहभागी सम्पूर्ण महानुभावलाई संघले धन्यवाद ज्ञापन गरेको छ ।
कार्यक्रमका अवसरमा दशैंको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19641, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







