बालेनले किसानलाई ‘फोहर’ भनेपछि किसान महासंघको आपत्ति, सार्वजनिक रूपमा माफी माग्न माग्न चेतावनी

काठमाडौं । अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले किसानलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै तीव्र आपत्ति जनाएको छ ।
मेयर शाहले आफ्नो फेसबुक स्टाटसमार्फत किसानलाई ‘फोहर’ भनेको अभिव्यक्तिप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष डा. प्रेम दंगालले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “मुलुकको प्रमुख र आधारभूत उत्पादन शक्ति किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरुको स्वाभिमानमा चोट पुर्याउने उक्त अभिव्यक्ति अत्यन्त घोर भर्त्सनीय र निन्दनीय छ।”
महासंघले यस्तो अभिव्यक्ति किसान समुदायको आत्मसम्मानमाथि ठाडो प्रहार भएको भन्दै महानगरको जिम्मेवार पदमा बसेका व्यक्तिबाट यस्तो टिप्पणी हुनु दुखद भएको जनाएको छ ।
महासंघले मेयर साहलाई आफ्नो फेसबुक स्टाटस हटाएर किसानसँग सार्वजनिक माफी माग्न माग गरेको छ । अन्यथा महासंघले विरोधका कार्यक्रमहरू गर्ने चेतावनी समेत दिएको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19789, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार १९:०४प्रतिभा सुपर लिग क्रिकेट शुरु, प्रतिभा र बाल मन्दिरको बिजयी शुरुवात
समाचार२०८२ माघ १९, आईतवार १६:२५२५औं आहा रारा पोखरा गोल्ड कप आगामी २७ गतेदेखि, विजेताले १४ लाख रुपैयाँ पाउने
समाचार२०८२ माघ १८, शनिबार १९:३०पुलिसलाई हराउँदै गण्डकीले जित्यो टाइगर कपकाे उपाधि
समाचार२०८२ माघ १८, शनिबार १९:२३तारादेवी र अरुणा लामालाई पोखरेली कलाकारको ट्रिब्यूट, कुन्ती मोक्तानले दिईन् विशेष प्रस्तुती







