बालेनले किसानलाई ‘फोहर’ भनेपछि किसान महासंघको आपत्ति, सार्वजनिक रूपमा माफी माग्न माग्न चेतावनी

बालेनले किसानलाई ‘फोहर’ भनेपछि किसान महासंघको आपत्ति, सार्वजनिक रूपमा माफी माग्न माग्न चेतावनी

काठमाडौं । अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले किसानलाई अपमानजनक शब्द प्रयोग गरेको भन्दै तीव्र आपत्ति जनाएको छ ।

मेयर शाहले आफ्नो फेसबुक स्टाटसमार्फत किसानलाई ‘फोहर’ भनेको अभिव्यक्तिप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष डा. प्रेम दंगालले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, “मुलुकको प्रमुख र आधारभूत उत्पादन शक्ति किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरुको स्वाभिमानमा चोट पुर्‍याउने उक्त अभिव्यक्ति अत्यन्त घोर भर्त्सनीय र निन्दनीय छ।”

महासंघले यस्तो अभिव्यक्ति किसान समुदायको आत्मसम्मानमाथि ठाडो प्रहार भएको भन्दै महानगरको जिम्मेवार पदमा बसेका व्यक्तिबाट यस्तो टिप्पणी हुनु दुखद भएको जनाएको छ ।

महासंघले मेयर साहलाई आफ्नो फेसबुक स्टाटस हटाएर किसानसँग सार्वजनिक माफी माग्न माग गरेको छ । अन्यथा महासंघले विरोधका कार्यक्रमहरू गर्ने चेतावनी समेत दिएको छ ।बालेनले किसानलाई ‘फोहर’ भनेपछि किसान महासंघको आपत्ति, सार्वजनिक रूपमा माफी माग्न माग्न चेतावनी

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19789, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   5   =  

Protected by Spam Master