आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाइँदै

काठमाडौँ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। देवकोटाको जन्म १९६६ साल कात्तिक कृष्ण औँसीका दिन डिल्लीबजारमा भएको थियो।
दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका उनी “मुनामदन” खण्डकाव्यका लेखक हुन्, जुन नेपाली भाषामा सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक मानिन्छ।
देवकोटाका रचनामा स्वच्छन्दतावादी–प्रगतिवादी धाराको प्रभाव देखिन्छ। उनका लेखनमा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्किन्छ। यसैसँगै, उनी पूर्वीय र पाश्चात्य दर्शनको संयोजनमा पनि निपुण थिए।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचार–प्रसारमा उनले महत्वपूर्ण योगदान दिएका थिए। विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री रहँदा उनले नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउन र वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय भूमिका निभाएका थिए।
देवकोटाको अद्भुत प्रतिभा देखाउँदै उनले तीन महिनामा “शाकुन्तला” महाकाव्य, दश दिनमै “सुलोचना” महाकाव्य र एकै दिनमा “कुञ्जिनी” खण्डकाव्य लेखेका थिए। चरम आर्थिक अभाव, पारिवारिक वियोग र राजनीतिक सक्रियताका बाबजुद पनि उनले उच्चस्तरका साहित्यिक कृति प्रदान गर्नु उनको विशेषता हो।
देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि नेपाली साहित्यमा अद्वितीय मानिन्छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=19825, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ कार्तिक १७, सोमबार ११:२२कास्की आइडल–२ को गायनतर्फ अमृत र नृत्यतर्फ गौमाया विजेता
समाचार२०८३ कार्तिक १७, सोमबार ११:११पोखरामा बुधबारदेखि नवौं गोदावरी पुष्प प्रदर्शनी तथा फूल मेला हुने
समाचार२०८३ कार्तिक १६, आईतवार ०८:२२युनाइटेड क्लबको देउसीभैलोबाट विपद् कोषमा सहयोग जुटाइँदै, कार्यक्रमअघि नै जुट्यो एक लाख रुपैयाँ
समाचार२०८३ कार्तिक १५, शनिबार २३:३८बरपिपल बहुउद्देश्यीय सहकारीको अध्यक्षमा लिलबहादुर घर्ती सर्वसम्मत







