‘आ बाट आमा’को पोस्टर सार्वजनिक, माघ १६ रिलिज

काठमाडौं । आगामी माघ १६ गते रिलिज हुने नेपाली फिल्म ‘आ बाट आमा’ ले तिहारको लक्ष्मीपूजाको अवसर पारेर आफ्नो पहिलो अफिसियल पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाहको उज्यालो अभिव्यक्ति देखिन्छ, जहाँ सन्तानको सफलतामा अभिभावकको गर्व र खुशी झल्किएको अनुभूति गर्न सकिन्छ।
पोस्टरले नै संकेत गर्छ फिल्म ग्रामीण परिवेशमा आधारित छ र आमाबाबु सन्तानबीचको भावनात्मक सम्बन्ध यसको मूल मेरुदण्ड हो। पोस्टरमा समावेश गरिएको संवाद “बा–आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौँ।” ले आधुनिक नेपाली परिवारको यथार्थ, पीडा र अन्तर्यात्रा निकै शक्तिशाली ढंगले व्यक्त गरेको देखिन्छ।
निर्माता तथा लेखक निर्देशकको टीमका अनुसार, फिल्मले ‘घर, आमा र मायाको मूल्य’ दर्शकलाई भित्री मनबाट महसुस गराउने प्रयास गर्नेछ। चन्द्र पन्तको लेखन, पटकथा र निर्देशन तथा आर्या पन्तको प्रस्तुतिमा तयार भएको यस फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित बिष्ट, हेमराज अधिकारी,र दिलिप उखेडा लगायत कलाकारको अभिनय रहेको छ।
फिल्मका निर्माताहरू ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना हुन् भने करण सिंह रसाइली कार्यकारी निर्माता रहेका छन्। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मको डिओपीमा नवराज उप्रेती, र संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम संलग्न छन्।
विदेश बजारमा पनि फिल्मप्रति राम्रो चासो देखिएको निर्माणपक्षको दाबी छ। अस्ट्रेलिया र न्युजिल्यान्डमा प्रदर्शन अधिकार ‘हिमारु इन्टरटेन्मेन्ट’ले प्राप्त गरिसकेको छ। नेपालमा वितरण अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलको जिम्मामा रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १२, शनिबार २०:४०सुकुम्बासी ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुनको सरकारी अपार्टमेन्टमा राखिने
समाचार२०८३ बैशाख १२, शनिबार १९:३४धादिङका १३ स्थानीय तहका उपप्रमुख–उपाध्यक्षद्वारा ‘धुनिवेशी घोषणा–पत्र २०८३ जारी
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १८:००तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १२, शनिबार १४:३१‘परालको आगो’ले ओपनिङमै बनायो छाप, पहिलो दिनमै ३७ लाख पार








