खेलकुदमन्त्री गुप्ताको पहिलो निर्णयः मन्त्रालय मातहतका सबै बैठकहरु लाइभ गरिने

काठमाडौं, ९ कात्तिक । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय मातहतका सबै बैठकहरु लाइभ गर्ने निर्णय गरेका छन् । आज (आइतबार) मन्त्री नियुक्त भएका गुप्ताले पदभार ग्रहणपछि यस्तो निर्णय गरेका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् । सिरहाको लहान स्थायी घर भएका मन्त्री गुप्ता विगतदेखि नै सामाजिक कार्यहरुमा सक्रिय रहँदै आएका थिए । गत भदौ २३ र २४ को जेन–जी आन्दोलनमा पनि उनी अग्रपंक्तिमा रहेका थिए । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारमा गुप्तामात्रै जेन–जी उमेर समूहका मन्त्री हुन् ।
मन्त्री गुप्ताले कोभिड–१९ को समयमा निशुल्क खाना खुवाउने अभियान चलाउनुका साथै, उनले ‘हन्ड्रेड ग्रुप’मार्फत विद्यार्थीलाई पढाउँदै आएका थिए ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ पुष १३, आईतवार ११:२५त्रिवेणी कप फुटवल प्रतियोगिता सुरु
समाचार२०८२ पुष १३, आईतवार ०६:३७नेपाल मगर संघ धादिङको अध्यक्षमा भिम दर्लामी निर्वाचित
समाचार२०८२ पुष १२, शनिबार २१:१५उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिँदै आँकुरा कृषि सहकारी
समाचार२०८२ पुष १२, शनिबार १९:२५एड्भान्स एकेडेमीका विद्यार्थी र अभिभावकको लागि सकारात्मक सोच र मनोपरामर्श कार्यक्रम








