‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने स्वास्थ्यमन्त्री शर्माको निर्णय

काठमाडौँ, ९ कात्तिक । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्मा गौतमले पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै उनले ‘जेनजी’ प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई मनोपरामर्श सेवा प्रदान गर्ने पहिलो निर्णय गरेको बताईन् ।
सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मन्त्री डा.शर्माले खरिद प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी बनाउने र भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता जनाईन् । “जेनजी प्रदर्शन भ्रष्टाचारको अन्त्य र सुशासनका लागि भएको थियो । त्यसैले कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्,”– उनले भनिन् ।
मन्त्री डा.शर्माले देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखेको बताईन् । उनले जेनजी आन्दोलनमा सहिद भएका परिवारका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्नका लागि अर्थ मन्त्रालयसँग समन्वय गरेर बजेटको व्यवस्था र अन्य प्रक्रिया अगाडि बढाइने बताईन् ।
मन्त्री शर्माले वर्तमान सरकार नागरिक सरकार भएकाले यसको मूल्याङ्कन कामबाट मात्र हुने धारणा राखिन् । उनले पारिश्रमिकको विषयलाई लिएर आन्दोलनरत नर्सका समस्या समाधानका लागि पहल थाल्ने बताईन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:४८ज्योति राजको ‘नाक्छोङ’लाई विशेष चलचित्र पुरस्कार, राष्ट्रपति पौडेलद्वारा सम्मान प्रदान
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १९:२८‘रातो घेरा’ मा दयाहाङ र मिरुना
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ६, शनिबार १४:२३ऋषि धमला « रिपोर्टर्स नेपाल
कला, विचार/मनोरञ्जन२०८३ असार ६, शनिबार १०:०३राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट सम्पादक बने नहकुल खड्का









