नेपालले टस जितेर फिल्डिङ रोज्यो « रिपोर्टर्स नेपाल

काठमाडौं, ९ कात्तिक । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल दुबइ अन्तरराष्ट्रिय रङ्गशालामा जारी छ ।
त्रिकोणात्मक शृङ्खलामा नेपाल, अमेरिका र युएई छन् । जारी लिगमा नेपाल चार शृङ्खलामा १६ खेल खेलेर १२ अङ्कका साथ सातौँ स्थानमा छ । अमेरिका २० खेलमा २८ अङ्कका साथ दोस्रो स्थानमा छ ।
लिग–२ मा सहभागी आठ राष्ट्रले कूल नौ शृङ्खलामा जम्मा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको छनोटमा सहभागी हुनेछन् ।
नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित दिपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आशिफ शेख, भीम सार्की, गुल्शनकुमार झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ११, शुक्रबार १९:२५अवकाशको उमेरहद् बढाइयो,सेवा प्रवेशको घटाइयो
स्वास्थ्य/जानकारी टिप्स२०८३ बैशाख ११, शुक्रबार ११:३८काउन्सिलले गर्याे १७ जना चिकित्सकको दर्ता खारेज
समाचार२०८३ बैशाख ११, शुक्रबार ०८:०५प्रदेश सूचना पुनरावेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी नियुक्त
कला, विचार/मनोरञ्जन२०८३ बैशाख १०, बिहीबार २२:०३‘कमला मिस’ साउन २२ मा रिलिज, निर शाहको निर्देशनमा कमब्याक








