धनगढीमा यु–१९ महिला एक दिवसीय क्रिकेट प्रतियोगिता हुँदै

बैतडी, १३ कात्तिक । कैलालीको धनगढीमा प्रथम यु–१९ महिला एक दिवसीय क्रिकेट सिरिज–२०८२ को तयारी थालिएको छ । चटकपुर स्पोट्स क्लबको आयोजनामा प्रतियोगिता यही कात्तिक २० गतेदेखि सुरु हुनेछ ।
सुदूरपश्चिमका नौ वटै जिल्लाका खेलाडीको प्रतिनिधित्व हुने गरि चार टोली बनाइएको आयोजक चटकपुर स्पोट्स क्लबका सचिव लोकराज जोशीले जानकारी दिए । सहभागी हुने टोलीमा मायामेट्रो हस्पिटल रोयल्स, पद्मा पब्लिक मावि किङ्स, रोयल च्यालेन्जर्स एफवाइसी डडेल्धुरा र किङ्स ११ इडुपल नेपाल रहेका छन् ।
चन्द्रसूर्य क्रिकेट मैदानमा हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । कात्तिक २० गते हुने उद्घाटन खेलमा मायामेट्रो र पद्मा पब्लिक भिड्नेछन् । कात्तिक २१ गते एफवाइसी डडेल्धुरा र इडुपल नेपाल, कात्तिक २२ गते मायामेट्रो र एफवाइसी डडेल्धुरा, कात्तिक २३ गते पद्मा पब्लिक र इडुपल नेपाल, कात्तिक २४ गते मायामेट्रो र इडुपल नेपाल तथा कात्तिक २५ गते पद्मा पब्लिक र एफवाइसी डडेल्धुरा खेल्नेछन् ।
शीर्ष दुई टोली कात्तिक २६ गते उपाधिका लागि भिड्नेछन् । विजेता र उपविजेता टोलीलाई आकर्षक ट्रफी तथा प्रमाणपत्र दिइनेछ । यस्तै सर्वाेत्कृष्ट खेलाडीले रु १० हजार ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट बलरले रु पाँच हजार ट्रफी तथा प्रमाणपत्र, उत्कृष्ट ब्याटरले रु पाँच हजार ट्रफी तथा प्रमाणपत्र, प्रत्येक खेलका प्लेयर अफ दी म्याचलाई रु दुई हजार र ट्रफी दिइनेछ । प्रतियोगिताले महिला क्रिकेटको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८२ फाल्गुन १०, आईतवार ०८:३३आज दुई खेल हुँदै « रिपोर्टर्स नेपाल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०८:२४संखुवासभामा बिहानै भूकम्प
स्वास्थ्य/जानकारी टिप्स२०८२ फाल्गुन १०, आईतवार ०७:४६बजेट र जनशक्ति अभावले सञ्चालनमा आउन सकेन दोबागाउँ अस्पताल
समाचार२०८२ फाल्गुन १०, आईतवार ०७:२५दोस्रो मेयर कप फुटसल प्रतियोगिताको उपाधि एक्सन नेपाललाई






