तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण

दमौली (तनहुँ), १७ कात्तिक । तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–११ का ३८ वर्षीय पुरुषमा मलेरियाको सङ्क्रमण पुष्टि भएको हो ।
शान्ति सेना गएर फर्किएका ती युवामा मलेरियाको सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए । प्रदेश जनस्वास्थ्य कार्यालय, भानु नगरपालिका स्वास्थ्य शाखा, रूपाकोट स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले आइतबार समुदायस्तरमा पुगेर उक्त रोगको सक्रिय खोजपड्ताल कार्यक्रम सञ्चालन गरेको कँडेलले बताए ।
उनले भने, “शान्ति सेनाबाट फर्किएपश्चात् परीक्षण गर्दा मलेरियाको सङ्क्रमण पुष्टि भएको थियो । औषधि उपचारपश्चात् हाल उहाँ सन्चो हुनुभएको छ ।” यसअघि गत साउन महिनामा बन्दीपुरका एक व्यक्तिमा मलेरियाको पहिलो सङ्क्रमण देखिएको थियो ।
मलेरिया एनाफिलिज जातको लामखुट्टेको टोकाइबाट हुने रोग हो । ज्वरो आउनु, टाउको दुख्नु, धेरै थकान हुनु, पसिना धेरै आउनु यस रोगका लक्षण हुन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक १९, मंगलवार २१:२८माओत्से गुरूङको ‘पेन्सन पट्टा’ वितरण आरआर फिल्म्समार्फत
समाचार२०८२ कार्तिक १९, मंगलवार २०:४४नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन
समाचार२०८२ कार्तिक १९, मंगलवार १६:२१दश जना प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने निर्णय
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक १९, मंगलवार १३:२१‘पाँच पाण्डव’ को शुभमुहूर्त,हरिवंश र दीपा श्री मुख्य भूमिकामा







