दूधे रङ्गशालामा आजदेखि झापा महिला गोल्डकप हुँदै

झापा, १७ कात्तिक । झापा महिला गोल्डकप अन्तरराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । ‘मान्था’ चक्रवत्को कारण दुई दिनपछि सरेको सर्वाधिक राशिको प्रतियोगिता आजदेखि हुने भएको हो ।
कात्तिक २४ सम्म शिवसताक्षीस्थित दूधे रङ्गशालामा गोल्डकप हुने लागेको गोल्डपको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राले बताए। आजको उद्घाटन खेलमा नेपाल पुलिस र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
रङ्गशालामा एकैपटक १५ हजार दर्शकले प्रत्यक्ष खेल हेर्न सक्ने गरी स्थायी र अस्याथी प्यारापिट निर्माण गरिएको छ । प्रतियोगितामा एपिएफ, नेपाल पुलिस, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी, सङ्कटा, झापा, आरएस पोखरा र सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लब गरी आठ टोलीले सहभागिता रहेनछ ।
प्रतियोगिताको विजेताले रु १० लाख १० हजार र उपविजेताले रु पाँच लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख ५० हजार प्रदान गरिने अध्यक्ष थोप्राले बताए । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, उदीयमान खेलाडी, प्रशिक्षक र उच्च गोलकर्ताले समान रु २५ हजार पुरस्कार पाउने छन् । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख १२, शनिबार ०७:४३नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:२१‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज, रेखा थापाको निर्देशनमा कमब्याक
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ११, शुक्रबार २३:११‘लालीबजार’को ‘मै राम्री छु त नी’ गीतको अंश सार्वजनिक
समाचार२०८३ बैशाख ११, शुक्रबार १९:२५अवकाशको उमेरहद् बढाइयो,सेवा प्रवेशको घटाइयो








