एकताको निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ को ट्रेलर सार्वजनिक

काठमाडौँ। एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमा हर्षको २ मिनेट ५१ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
सिनेमाका प्रायः सवै कलाकारलाई स्थान दिएको ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ । एक परिवारमा छोराको विवाहपछि आउँने उतार चढावको ट्रेलरमा देखाइएको छ । लामो समयपछि नेपाली सिनेमामा पारिवारिक कथाले स्थान पाउन थालेको ‘हर्ष’को प्रचार सामाग्रीले देखाएको छ ।
आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक पौडेलले नेपाली सिनेमामा पारिवारिक सिनेमाको ट्रेण्ड घट्दै गएकाले पनि आफुले यो विधा रोजेको बताइन् । उनी स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् ।
न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् ।
सिनेमामा खगेन्द्र, वर्षा र साइमनसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ । आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २२, शुक्रबार ०१:११‘जारी २’ र ‘मन बिनाको धन’ आजबाट प्रदर्शनमा
कला, विचार/मनोरञ्जन२०८२ कार्तिक २१, बिहीबार २२:१७चलचित्र क्षेत्रका प्रतिनिधिहरूको मन्त्री खरेलसँग नीतिगत मागबारे छलफल
समाचार२०८२ कार्तिक २१, बिहीबार २१:४४कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनबारे निरन्तर छलफल
समाचार२०८२ कार्तिक २१, बिहीबार १६:४६देशभर एकैसाथ भिटामिन ए र जुकाको औषधि खुवाउने क्रम भोलि पनि








