अमेरिका जानेहरुको कथामा ‘वन इन ट मिलियन’

अमेरिका जानेहरुको कथामा ‘वन इन ट मिलियन’

काठमाडौँ। विशाल सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको सर्ट फिल्म ‘वन इन अ मिलियन’ युट्युबमा सार्वजनिक गरिएको छ । सुनिता भण्डारीको लगानीमा तयार भएको यो सर्ट मुभीमा हिडेर अमेरिका पुग्नेहरुको कथा समावेश गरिएको छ ।

रामेश्वर कार्कीले खिचेको यो फिल्ममा हसन राजा खान मुख्य भूमिकामा छन् । अमेरिकामा नै रहँदै आएका कलाकार सुभाष थापाले पनि यो फिल्ममा अभिनय गरेका छन् । उनीहरुको साथमा नरेन्द्र साउद, सुरज खत्री, प्रिन्स नेगी, हेमन्त न्यौपाने, मुरताजा अजिज र रेसाद खलिलले यो छोटो फिल्ममा अभिनय गरेका छन् ।
केही नेपाली फिल्ममा अभिनय गरेका कलाकार हसनराजा खानलाई केन्द्रमा राखेर यो छोटो फिल्म तयार पारिएको हो । यो फिल्मले हिडेरै अमेरिका जाने नेपालीहरुको कथा, अमेरिका पुगेपछि उनीहरुले भोगेको जीवनशैलीलाई मुख्य बिषय बनाएको छ ।

‘वन इन अ मिलियन’ ‘इजिप्टियन अमेरिकन फिल्म फेस्टिभल–२०२५, फिल्ममेकर सिजन भोल्यूम ११–२०२५’मा छनोट पनि भइसकेको छ । यो छोटो फिल्ममा कुनै पनि संवाद छैन । तर, कथाले भन्न खोजेको कुरा दृश्य र कलाकारहरुको अभिनयबाट स्पष्ट वुझ्न सकिन्छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   1   =  

Protected by Spam Master