कर्णाली याक्सले चितवन राइनोजविरुद्ध ब्याटिङ गर्दै « रिपोर्टर्स नेपाल

काठमाडौँ, २ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजविरुद्ध अहिले ब्याटिङ गरिरहेको छ ।
र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । चितवन राइनोजको ‘प्लेइङ–११’ मा कप्तान मल्लसहित रिजन ढकाल, देव खनाल, अर्जुन साउद, दीपक बोहरा, विपिन आचार्य, कमलसिंह ऐरी, डेविड मलान, रबी बोपारा, सइफ जइब र सोहेल तन्विर रहेका छन् ।
त्यसैगरी कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गरिरहेका छन् । कर्णालीका अन्य खेलाडीमा पवन सर्राफ, नन्दन यादव, युनिस ठकुरी, युवराज खत्री, मार्क वाट, म्याक्स ओडाउड, अर्जुन घर्ती, गुल्सनकुमार झा, नजिबुल्लाह जद्रान र प्रियाङ्क पाञ्चल छन् ।
सोमबार उद्घाटन खेलमा काठमान्डु गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र








