प्युठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

प्युठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

काठमाडौँ – भारत सरकारको आर्थिक सहयोगमा निर्मित लुम्बिनी प्रदेशको प्युठानको ऐरावती गाउँपालिका–१, अमिलीस्थित श्री दाङ वाङ माध्यमिक विद्यालयको विद्यालय एवम् छात्रावास भवनहरूको आज भारतीय राजदूतावास, काठमाडौँका काउन्सलर  गीताञ्जली ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालयका शिक्षक/शिक्षिका, विद्यार्थी र उनीहरूका अभिभावकको पनि उपस्थिति रहेको थियो ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा भारत सरकारको अनुदान विद्यालय एवम् छात्रावास भवनहरू तथा अन्य सम्बद्ध संरचनाको निर्माणमा उपयोग गरिएको थियो । यो प्युठानको ऐरावती गाउँपालिका मार्फत कार्यान्वयन गरिएको थियो ।

श्री दाङ वाङ माध्यमिक विद्यालय प्युठानको ग्रामीण क्षेत्रको अग्रणी सरकारी विद्यालयहरू मध्ये एक हो । यस विद्यालयले २३४ विद्यार्थीहरूका लागि ईसीडी (प्लेग्रुप) देखि कक्षा १० सम्म शिक्षा प्रदान गर्दछ जसमध्ये लगभग ६० प्रतिशत छात्राहरू रहेका छन् ।

 

ऐरावती गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँहरूले यस परियोजनाबाट निर्माण गरिएको पूर्वाधारले प्युठानको श्री दाङवाङ माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । यसले सिकाइको लागि अझ राम्रो वातावरण सिर्जना गर्नका साथै यस क्षेत्रमा शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन मद्दत गर्नेछ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबिच व्यापक र बहु क्षेत्रीय सहकार्य रहेको छ । यस उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार सुदृढ गर्नुका साथै विकास र समृद्धि हासिल गर्न नेपाल सरकारले गरिरहेको प्रयासलाई मजबुत बनाउन भारत सरकारको निरन्तर सहयोगलाई झल्काउने  काठमाडौँस्थित भारतीय राजदूतावासव्दारा जारी विज्ञप्तिमा उल्लेख छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   2   =  

Protected by Spam Master