‘पीआर’को अन्तर्राष्ट्रिय प्रदर्शन तयारीका लागि निर्देशक बस्नेत अष्ट्रेलिया प्रस्थान

काठमाडौं। दश वर्षपछि निर्देशनमा फर्किएका निर्देशक शोभित बस्नेत आफ्नो नयाँ फिल्म ‘पीआर’को अन्तर्राष्ट्रिय प्रदर्शन तयारीका लागि अष्ट्रेलिया प्रस्थान गरेका छन्। मंगलबार नयाँ बानेश्वरस्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले अष्ट्रेलिया र न्युजिल्यान्डमा फिल्म रिलिज व्यवस्थापनका लागि १०–१२ दिनको यात्रामा निस्किएको जानकारी दिए।
बस्नेतका अनुसार ‘पीआर’ अष्ट्रेलिया र न्युजिल्यान्डमा बक्स अफिसमार्फत नै प्रदर्शन हुनेछ। उनले भने, “अघिल्लो तीन महिनामा अष्ट्रेलियाका धेरै शहरमा ‘पीआर’ देखाइसकिएको छ। त्यहाँका दर्शकले यसलाई आफ्नै परिवारको कथा जस्तै मन पराइदिए। अब न्युजिल्यान्ड र अन्य देशहरूमा पनि बक्स अफिस रिलिजको तयारी भइरहेको छ।”
उनका अनुसार पोर्चुगलसहित अन्य मुलुकमा पनि प्रदर्शन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। केही देशमा भने चाँडै नै औपचारिक टुंगो लाग्ने उनले जानकारी दिए।
बस्नेतले ‘पीआर’को कथा आफ्नी छोरी सलिनाबाट प्रेरित भएको खुलाए। उनले भने, “हामी अभिभावकको दिमागमा विदेश गएपछि पैसा झर्ने रुख हुन्छजस्तो लाग्थ्यो। तर छोरी अष्ट्रेलिया पुगेपछि र म स्वयं त्यहाँ गएर हेर्दा थाहा भयो विदेशमा पैसा रुखमा होइन, कडा मेहनतमा फल्दोरहेछ। यही यथार्थलाई फिल्ममार्फत दर्शकसम्म पुर्याउने प्रयास हो ‘पीआर’।”
यही मंसिर २६ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको फिल्म ‘पीआर’मा नीर शाह, गौरी मल्ल, आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू, कृष्ण थापा र नवीन घायललगायतको अभिनयसमेत समावेश छ।
रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की विशेष भूमिकामा देखिनेछन्।
फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल रहेका छन्। लेखन गणेश बुढाथोकी, सम्पादन बन्दे प्रसाद, र छायांकन सौरभ सायमी तथा सौरभ लामाले सम्हालेका छन्। वितरण जिम्मा आर.आर. फिल्म्सले लिएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३१, बुधबार ०६:१३एक हजार ३९९ शव फेला
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार २०:००चलचित्र ‘आचार्य’ को पहिलो गीत सार्वजनिक, निखिलको रोमान्टिक अवतार
कला, विचार/मनोरञ्जन२०८३ भाद्र ३०, मंगलवार १९:४३‘झिंगे दाउ २’ को ‘ए माया नजिकै सर’ सार्वजनिक, गीतमा देखियो दशैंको झल्को
समाचार२०८३ भाद्र ३०, मंगलवार १६:२२नेपाल क्षयरोग निवारण संस्था धादिङको अध्यक्षमा श्रीकृष्ण अधिकारी चयन









