प्राविधिक कारण ‘प्रतिवैरम्’को प्रदर्शन स्थगित, नयाँ मिति छिट्टै सार्वजनिक गरिने

प्राविधिक कारण ‘प्रतिवैरम्’को प्रदर्शन स्थगित, नयाँ मिति छिट्टै सार्वजनिक गरिने


सेलिब्रेटी नेपाल। रोशन दासको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘प्रतिवैरम्’को प्रदर्शन तत्कालका लागि स्थगित गरिएको छ। चलचित्रका केही प्राविधिक कामहरू पूरा हुन बाँकी रहेकाले पूर्वनिर्धारित प्रदर्शन मिति सारिएको निर्देशक दासले जानकारी दिएका छन्। उनका अनुसार चलचित्रको नयाँ प्रदर्शन मिति छिट्टै सार्वजनिक गरिनेछ।

चलचित्रमा सम्राट दास, वीरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण बिक, आशिष डिके,रोनी यादव र रमेश बुढाथोकीलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रमार्फत अभिनेता सम्राट दासले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। चलचित्रमा उनलाई एक्सन अवतारमा समेत प्रस्तुत गरिएको छ।

‘प्रतिवैरम्’को कथा तथा निर्देशन रोशन दासको रहेको छ भने पटकथा, संवाद तथा लेखनमा युवराज भट्टराई जोडिएका छन्। ‘प्रतिवैरम्’को कार्यकारी निर्माता बिक्की शाह, क्रिएटिभ निर्माता राकेश शाह, सह-निर्माता अनिश पोखरेल तथा एसोसिएट प्रोड्युसर रजन देवी र रीता देवी रहेका छन्। फिल्मका निर्माता हर्ष कुमार यादव र सत्यराज चौलागाईं हुन्।

रेज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्र आदर्श प्रोडक्सन, सिम्पल एड मिडिया र श्रीयान इन्टरटेनमेन्टसँगको सहकार्यमा निर्माण भएको हो। मधेशको सामाजिक परिवेशलाई पृष्ठभूमि बनाएर तयार पारिएको चलचित्रमा एक्सन, सम्बन्ध, अपराध र बदलाको कथालाई समेटिएको छ।

निर्माण पक्षका अनुसार चलचित्र नेपालीसहित हिन्दी, मैथिली र भोजपुरी भाषामा समेत प्रदर्शन गरिनेछ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 10   +   8   =