दसौँ राष्ट्रिय खेलकुदका लागि कर्णालीमा बन्द प्रशिक्षण सुरु

दसौँ राष्ट्रिय खेलकुदका लागि कर्णालीमा बन्द प्रशिक्षण सुरु

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने कर्णाली प्रदेशका खेलाडीको बन्द प्रशिक्षण सुरु भएको छ। आइतबार सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले एक कार्यक्रमबीच बन्द प्रशिक्षणको शुभारम्भ गरेका हुन्।

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुँदैछ। प्रतियोगिताका लागि कर्णाली प्रदेशले यसअघि नै खेलाडी छनोट प्रतियोगिता सम्पन्न गरिसकेको छ।

दसैँलगत्तै खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने तयारी भए पनि केही ढिलाइ भएको थियो। बन्द प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मल्लले प्रतियोगितामा सकेसम्म धेरै पदक जित्ने लक्ष्यसहित खेलाडीले मेहनत गर्नुपर्ने बताए।

उनले खेलाडीको तयारीका क्रममा प्रदेश सरकारले गर्नुपर्ने सहयोग र व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रविन चन्दका अनुसार पहिलो चरणमा ह्यान्डबल र ब्याडमिन्टन खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  एनपीएलमा आज: काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   2   =