चर्चित बलिउड सुपरस्टार धर्मेन्द्रको निधन

काठमाडौँ- बलिउड सुपरस्टार धर्मेन्द्रको ८९ वर्षको उमेरमा भारतको मुम्बईमा निधन भएको छ ।
सन् १९७५ को सर्वाधिक लोकप्रिय फिल्म शोलेका प्रेमिल र रमाइला वीरूको रूपमा लोकप्रिय धर्मेन्द्रले आफ्नो लामो फिल्मी यात्रामा ३ सय भन्दा बढी चलचित्रमा अभिनय गर्नु भएको छ ।
हे-म्यान को उपनाम पाएका धर्मेन्द्र आफ्नो उत्कर्ष कालमा बलिउडका सबैभन्दा आकर्षक पुरुषको सूचीमा समेत पर्नु भएको थियो ।
भारत पंजाबको लुधियाना जिल्लाको नसराली गाउँमा मध्यमवर्गीय सिख परिवारमा जन्मनुभएका उहाँ नौ कक्षामा पढ्दा पढ्दै फिल्म क्षेत्रमा प्रवेश गर्नु भएको थियो ।
उहाँको बुबाले राखिदिनुभएको नाम धर्मसिंह देओल भएपनि सिनेमा क्षेत्रमा धर्मेन्द्रको नामबाट उहाँ लोकप्रिय बन्नुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धर्मेन्द्रको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको निधनसँगै भारतीय सिनेमाको एउटा युगको अन्त्य भएको बताउनुभएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार २६, शुक्रबार ०९:२१सबैको नजरमा ‘गौँथली’, युट्युब ट्रेन्डिङमा पहिलो
खेलकुद२०८३ असार २५, बिहीबार २२:५८क्वार्टरफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार २५, बिहीबार १९:२०एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न








