चर्चित बलिउड सुपरस्टार धर्मेन्द्रको निधन

काठमाडौँ- बलिउड सुपरस्टार धर्मेन्द्रको ८९ वर्षको उमेरमा भारतको मुम्बईमा निधन भएको छ ।
सन् १९७५ को सर्वाधिक लोकप्रिय फिल्म शोलेका प्रेमिल र रमाइला वीरूको रूपमा लोकप्रिय धर्मेन्द्रले आफ्नो लामो फिल्मी यात्रामा ३ सय भन्दा बढी चलचित्रमा अभिनय गर्नु भएको छ ।
हे-म्यान को उपनाम पाएका धर्मेन्द्र आफ्नो उत्कर्ष कालमा बलिउडका सबैभन्दा आकर्षक पुरुषको सूचीमा समेत पर्नु भएको थियो ।
भारत पंजाबको लुधियाना जिल्लाको नसराली गाउँमा मध्यमवर्गीय सिख परिवारमा जन्मनुभएका उहाँ नौ कक्षामा पढ्दा पढ्दै फिल्म क्षेत्रमा प्रवेश गर्नु भएको थियो ।
उहाँको बुबाले राखिदिनुभएको नाम धर्मसिंह देओल भएपनि सिनेमा क्षेत्रमा धर्मेन्द्रको नामबाट उहाँ लोकप्रिय बन्नुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धर्मेन्द्रको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको निधनसँगै भारतीय सिनेमाको एउटा युगको अन्त्य भएको बताउनुभएको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १९, आईतवार २०:०३पुनः वर्षा गराउने प्रणाली सक्रिय-काठमाडौँमा मङ्गलबार राति वर्षा हुन सक्ने
समाचार२०८२ माघ १९, आईतवार १९:१०प्रेस काउन्सिल र महासंघको टोलीद्वारा नीलकण्ठ एफ.एम.को कार्यालय निरीक्षण
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ १९, आईतवार १७:२७पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
समाचार२०८२ माघ १९, आईतवार १४:१५मुग्लिन-मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र







