एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार

धादिङबेसी, २५ असार
धादिङबेसीमा लामो समयदेखि कपडा व्यवसाय सञ्चालन गर्दै आउनु भएकी कल्पना अधिकारीद्वारा सञ्चालित एन्डिला बुटिक कलेक्सनले शान्त बजारमा पसल सञ्चालनमा ल्याएको छ। नेपाल टेलिकम कार्यालय नजिक रहेको उक्त शाखाको उद्घाटन धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले रिबन काटेर गर्नुभएको हो।उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेयले स्थानीय स्तरमा गुणस्तरीय व्यवसायको विस्तारले रोजगारी सिर्जना गर्नुका साथै उपभोक्तालाई सहज र भरपर्दो सेवा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थानीय उद्यमीहरूको लगानी र व्यवसायिक उत्साहले जिल्लाको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने बताउनुभयो।

एन्डिला बुटिक कलेक्सनकी सञ्चालक कल्पना अधिकारीले व्यवसाय विस्तारसँगै ग्राहकलाई अझ आधुनिक, गुणस्तरीय र रुचिअनुसारका सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। महिला नेतृत्व, सामाजिक सक्रियता तथा साहित्यप्रतिको रुचिका कारण परिचित अधिकारी धादिङको अनुभवी तथा पुराना कपडा व्यवसायीमध्ये एक हुनुहुन्छ।

उहाँले ग्राहकको आवश्यकता र फेसनको मागलाई मध्यनजर गर्दै छिमेकी मुलुक भारतबाट अनुभवी मिस्त्री ल्याई विभिन्न डिजाइनका कपडा सिलाइ सेवा सञ्चालन गर्दै आउनुभएको छ। ग्राहकको चाहनाअनुसार विवाह, ब्रतबन्ध, पार्टी, सांस्कृतिक कार्यक्रम तथा दैनिक प्रयोगका पोशाकहरू आधुनिक शैलीमा तयार गर्ने सेवा एन्डिला बुटिक कलेक्सनको विशेषता रहेको सञ्चालक अधिकारीले बताउनुभयो।

नयाँ शाखा सञ्चालनसँगै रेडिमेड कपडाका साथै डिजाइनर पोशाक, महिलाका विभिन्न फेसन सामग्री तथा अर्डरअनुसार कपडा सिलाइ सेवा एउटै स्थानबाट उपलब्ध हुने जनाइएको छ। यसबाट धादिङ तथा आसपासका सेवाग्राहीलाई सहज, छिटो र गुणस्तरीय सेवा प्राप्त हुने अपेक्षा गरिएको छ।उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, शुभेच्छुक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। सहभागीहरूले एन्डिला बुटिक कलेक्सनको पसल सञ्चालनले स्थानीय बजारमा प्रतिस्पर्धात्मक, गुणस्तरीय र ग्राहकमैत्री सेवा विस्तार हुने विश्वास व्यक्त गरेका थिए।

लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ असार २५, बिहीबार २२:५८क्वार्टरफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै « रिपोर्टर्स नेपाल
समाचार२०८३ असार २५, बिहीबार १९:२०एन्डिला बुटिक कलेक्सनको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयद्वारा उद्घाटन, शान्त बजारमा आधुनिक सेवा विस्तार
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १४:०१सुमनको चलचित्र डेब्यू, ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त सम्पन्न
कला, विचार/मनोरञ्जन२०८३ असार २५, बिहीबार १३:५४‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन








