म्याग्दीबाट चलचित्र ‘रोल नं. १’ को छायांकन सुरु

म्याग्दीबाट चलचित्र ‘रोल नं. १’ को छायांकन सुरु

काठमाडौँ। चलचित्र ‘रोल नं. १’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ। दुई हप्ता लामो वर्कसप पूरा गरेपछि टिम फ्लोरमा गएको हो। फिल्मको छायांकन म्याग्दीबाट सुरु गरिएको निर्माण टिमले जनाएको छ। करिब डेढ महिनाको सेड्युल रहने बताउँदै निर्माता विनोद पौडेलले टोली अहिले पहिलो चरणको छायांकनमा व्यस्त रहेको जानकारी दिए। ‘रोल नं. १’ मा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, सुन्दर धिताल र निर्भिक रेग्मी मुख्य भूमिकामा छन्। फिल्मलाई जोन योञ्जनले निर्देशन गर्दैछन् भने कथा पनि उनी स्वयंले नै लेखेका हुन्।

निर्माता पौडेलका अनुसार फिल्म भ्रम र कथित सामाजिक प्रतिष्ठाको नाममा विद्यार्थीले सहनुपर्ने मानसिक दबाबको कथामा आधारित छ। “सबैलाई जित्नै पर्छ, नजिते इज्जत हुँदैन, कक्षाको प्रथम नै विद्वान्, बाँकी सबै कमजोर – यस्तै सोचले विद्यार्थीसामु सिर्जना गर्ने त्रास र पीडाको कथा यो फिल्मले उठाउँछ,” उनले भनेको सन्देश कथामार्फत प्रस्तुत गरिनेछ।

महेश दवाडीको पटकथा तथा संवाद रहने ‘रोल नं. १’मा प्रशान्त शिवाकोटीको संगीत रहनेछ। सेभेन सिज सिनेमाको प्रस्तुति रहने फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने रमेश चौलागाईं कार्यकारी निर्माता हुन्।

शिवराम श्रेष्ठ फिल्मका डीओपी हुन्। फिल्मको चिफ एडी फिरोज खड्का, प्रोडक्सन डिजाइनर कला संग्रौला, प्रोडक्सन हेड मनोज जोशी र सम्पादक मदन घिमिरे रहेका छन्। निर्माता पौडेलको निर्माणमा तयार भएको अर्को फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ यही मंसिर १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 2   +   8   =  

Protected by Spam Master