म्युजिक भिडियोबाट फिल्ममा ऋचा थापा, ठूलो पर्दामै आफ्नो पहिचान बनाउने लक्ष्य

काठमाडौं । करिब ३०० भन्दा बढी म्युजिक भिडियोमार्फत दर्शकमाझ परिचित बनेकी अभिनेत्री ऋचा थापा अहिले आफ्नो दोस्रो मुख्य फिल्म ‘लोकन्ती’ को प्रचार प्रसारमा व्यस्त छिन्। कक्षा ८ मा पढ्दै गर्दा मोडलिङ सुरु गरेकी उनी कलाकार लक्ष्मी केसीकी छोरी भएकै कारण रंगमञ्च र अभिनय वातावरणसँग दक्खल राखेर हुर्किएकी थिइन्।
म्युजिक भिडियोले उनलाई लोकप्रियता दिलायो तर ऋचाको मनमा भने फिल्ममा केही फरक र गहिरो भूमिका निभाउने चाहना पलाइसकेको थियो। २०७६ सालको ‘लभ यु हमेशा’ बाट फिल्ममा डेब्यु गरेकी उनी अब लामो अन्तरालपछि फेरि मुख्य भूमिकामा फर्किंदै छिन्। २६ मंसिरबाट प्रदर्शन हुने ‘लोकन्ती’ फिल्मले ऋचाको अभिनय यात्रा नयाँ मोड लिने अपेक्षा गरिएको छ।

‘लोकन्ती’ दुई परिवारको उतार–चढाव, समाजको सान्दर्भिक मुद्दा र हराउँदै गइरहेको ‘लोकन्ती’ परम्पराको पृष्ठभूमीमा बनेको फिल्म हो। ऋचा फिल्मको केन्द्रमा छिन्, फिल्म उनको पात्रबाटै सुरु हुन्छ र दुई परिवारबीच उत्पन्न हुने द्वन्द्वदेखि मिलनसम्मको भावनात्मक यात्रा उनले नै धान्छिन्।
स्क्रिप्ट पढ्नेबित्तिकै आफूलाई भूमिकाले छोएको बताउँदै उनी भन्छिन् कि ‘लोकन्ती’ परम्पराबारे धेरैले थोरै मात्र सुनेका छन् तर बुझेकै छैनन्। यही परम्पराको सांस्कृतिक पाटोलाई नयाँ पुस्तासम्म पुर्याउन फिल्म महत्त्वपूर्ण हुने उनी विश्वास राख्छिन्।

‘लोकन्ती’ पछि चैत ६ मा उनको अर्को फिल्म ‘किन लाग्छ माया’ रिलिज हुँदैछ । त्यससँगै उनी ‘प्रेम अध्याय’ को सुटिङका लागि पनि तयार छिन्। लगातारका कामले उनलाई उत्साहित बनाएको छ, फिल्म क्षेत्रमा उनले पाएको निरन्तरताले अब आफ्नो करिअरलाई नयाँ ढंगले परिभाषित गर्ने अवसर खुला गरिदिएको छ।
म्युजिक भिडियोबाट सुरु भएको यात्रा फिल्ममा प्रवेशसँगै नयाँ स्वरुप लिँदै छ। ‘लोकन्ती’ ले ऋचाको अभिनय यात्रामा कत्तिको उचाइ थपिदिन्छ, त्यो भने अब दर्शककै निर्णयमा निर्भर रहनेछ।

चलचित्रमा ऋचा थापा संगै यसराज गराच, विमला लिम्बु,कुमार न्यौपाने, विकाश अधिकारी, दमन रुपाखेती,गोविन्द प्रभात,लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ७, सोमबार २०:४१नयाँ सवारीचालक अनुमतिपत्र पूर्ण सुरक्षित,व्यावहारिक र गुणस्तरीय : सञ्चार मन्त्रालय
समाचार२०८३ बैशाख ७, सोमबार १९:१२जिल्ला स्तरीय राष्ट्रिपनि रनिङ शिल्ड प्रतियोगिता धादिङबेसीमा सुरु
कला, विचार/मनोरञ्जन२०८३ बैशाख ७, सोमबार १९:००केकी अधिकारीको नयाँ फिल्म ‘स्टेशन’को शुभमुहूर्त, भदौ १९ मा रिलिज हुने
खेलकुद२०८३ बैशाख ७, सोमबार १८:०७युएई विरुद्धको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै








