लेखनाथ महोत्सवमा रु ५० को टिकट किन्दा १०० को फाईदा

लेखनाथ । यहि पुस ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने २१ औं लेखनाथ महोत्सवमा दर्शकहरुले रु ५० को टिकट खरिदमा रु १०० बराबरको फाईदा लिन सक्नेछन । आयोजकले अनलाईन सपिङ प्लेटफर्म पसल डट कमको सहकार्यमा महोत्सव अवलोकन गर्ने दर्शकहरुका लागी यो अफर योजना ल्याएको हो ।
यस योजना अन्र्तगत दर्शकहरुले आफुले खरिद गरेको रु ५०, १०० वा २०० जुनसुकै टिकटको अर्धकटृी महोत्सवभित्र रहने पसल डट कम को स्टलमा लगेर प्रदान गरेपछि त्यसवापत एउटा क्यू आर कोड प्राप्त गर्नेछन त्यसपछि आफ्नो मोबाईलमा प्ले स्टोर मार्फत पसल डट कमको एप डाउनलोड गरि त्यसमा रहेको स्क्यानर मार्फत उक्त क्यू आर कोड स्क्यान गरि रु १०० बराबरको क्रेडिटमा बदल्न सक्ने टिकट विक्रि व्यवस्थापन उप –समितिका संयोजक सुजन न्यौपानेले वताए ।
यसरी क्यू आर कोड मार्फत प्रत्येक एप युजरले महोत्सव अवधिभर मात्र दिनमा १ पटक मात्र क्रेडिटको रुपमा वदल्न सकिनेछ भने यसरी जम्मा भएको क्रेडिट पसल डट कमको एप मार्फत न्युनतम रु ५ सय बराबरको प्रत्येक खरिद अर्डरमा रु २० को दरले जुन सुकै समय अवधिभर सम्मको लागी छुट प्राप्त गर्न सक्ने पसल डट कमका प्रबन्धक यशस्वी तिवारीले वताए ।
लेखनाथ महोत्सवमा पहिलो पटक यस किसिमको अफर ल्याईएको दावी गर्दै आयोजक लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटिले यसले थोरै भए पनि टिकट खरिद गर्ने दर्शकहरुलाई लाभ पुग्ने र टिकट विक्रिमा पनि टेवा पुग्ने विश्वास लिईएको वताए । पसल डट कमले महोत्सवको टिकट घर र मुख्य टिकट छपाई प्रायोजन गरेको छ ।
महोत्सवको अवलोकन गर्ने दर्शकहरुका लागी आयोजकले विद्यार्थीहरुका लागि परिचयपत्रको आधारमा रु ५०, सर्वसाधारण दर्शकहरुका लागी रु १०० र बेलुकाको सांगितिक कार्यक्रमका लागी रु २०० को टिकट दर निर्धारण गरेको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20188, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







