काठमाण्डाैं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट पद्मा अर्याल महिलातर्फबाट एकमात्र पदाधिकारीका रूपमा निर्वाचित भएकी छन्।
उनले १ हजार ५३० मत प्राप्त गर्दै सचिव पदमा सफलता हात पारेकी हुन्। अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवारी दिएकी अर्याल यसअघि पनि पार्टी सचिवको जिम्मेवारीमा थिइन्।
यसअघि एमालेमा दुई महिला पदाधिकारी रहेका थिए। सचिवमा पद्मा अर्याल र उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य थिइन्। तर शाक्यले यस पटकदेखि सक्रिय राजनीतिबाट अवकास लिएको घोषणा गरेपछि पदाधिकारी तहमा महिलाको संख्या घटेको हो।
११औँ महाधिवेशनमा विभिन्न पदाधिकारी पदका लागि चार जना महिलाले उम्मेदवारी दिएका थिए। सचिव पदमा अर्यालसँगै रचना खड्का र पेम्बा लामा प्रतिस्पर्धामा थिए। खड्काले ८७७ मत प्राप्त गरिन् भने लामाले ४९४ मत ल्याइन्।
त्यसैगरी उपाध्यक्ष पदका लागि विन्दा पाण्डे उम्मेदवार बनेकी थिइन्। पाँच जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा उनले ९२१ मत ल्याए पनि निर्वाचित हुन सकिनन्।
महाधिवेशनको नतिजासँगै एमालेको पदाधिकारी तहमा महिलाको प्रतिनिधित्व एक जनामा सीमित भएको छ, जसले पार्टीभित्र लैङ्गिक समावेशिताबारे पुनः बहस सुरु गराएको छ ।
अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष
विष्णु पौडेल
रामबहादुर थापा
पृथ्वीसुब्बा गुरुङ
रघुजी पन्त
गोकर्ण विष्ट
महासचिव
शंकर पोखरेल
उपमहासचिव
रघुवीर महासेठ
लेखराज भट्ट
योगेश भट्टराई
सचिव
छविलाल विश्वकर्मा
भानुभक्त ढकाल
पद्मा अर्याल
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
शेरधन राई
हिक्मत कार्की
महेश बस्नेत
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20293, citypokhara.com
लेखकको बारेमा
-
सिटी पाेखरा डटकम
10