पोखरा–१७ मा फोहोर वर्गीकरणका लागि ५७० डस्टबिन वितरण

पाेखरा । पोखरा महानगरपालिका–१७ ले घर-घरबाटै फोहोर वर्गीकरण गर्ने अभियानलाई प्रभावकारी बनाउन विभिन्न रङका डस्टबिन वितरण गरेको छ।
वडा कार्यालयले टोल विकास संस्थासँगको साझेदारी तथा वडाको ५० प्रतिशत आर्थिक सहयोगमा २०८३ साउन १७ गते ५ सय ७० थान डस्टबिन वितरण गरेको हो।
“स्वच्छ वडा, सुन्दर वडा र समृद्ध वडा” तथा “फोहोर वर्गीकरण गरौँ, स्रोतमा बदलौँ” भन्ने नारासहित आयोजित कार्यक्रममा करिब ८ लाख रुपैयाँ बराबरका डस्टबिन वितरण गरिएको वडा अध्यक्ष राधिकाकुमारी शाही योगीले बताइन्।
उनले वडा भौगोलिक रूपमा ठूलो भएकाले तत्कालका लागि पाइलट कार्यक्रमका रूपमा अभियान सञ्चालन गरिएको र यसको मुख्य उद्देश्य फोहोर व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउनु रहेको बताइन्।

शाहीले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान घर-घरबाटै स्रोतमै फोहोर वर्गीकरण गर्नु नै भएको उल्लेख गरिन्।
सचेतनामूलक कार्यक्रम धेरै भए पनि त्यसलाई व्यवहारमा उतार्नु सबैभन्दा ठूलो चुनौती रहेको उनको भनाइ थियो।उनले विगतमा डम्पिङ साइटको समस्याका कारण महानगरभर फोहोर थुप्रिने अवस्था सिर्जना भएपछि घरमै फोहोर वर्गीकरण गर्ने अभियान सुरु गरिएको स्मरण गराउँदै घरबाट निस्कने कुहिने फोहोरलाई कम्पोस्ट मल बनाएर प्रयोग गर्न र नकुहिने फोहोर बिक्री गरी आम्दानीको स्रोत बनाउन सकिने बताइन्।
फोहोरलाई स्रोतमै छुट्ट्याउँदा अन्तिम विसर्जनका लागि लैजानुपर्ने फोहोरको मात्रा उल्लेख्य रूपमा घट्ने, वातावरण स्वच्छ रहने तथा समुदायलाई आर्थिक र वातावरणीय दुवै हिसाबले लाभ पुग्ने उनले बताइन्।
उनले आगामी दिनमा सबै टोल र समुदायमा सचेतना अभिवृद्धि गर्दै फोहोर व्यवस्थापन अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरिन्।कार्यक्रमको सञ्चालन वडा सचिव सुरेन्द्रप्रसाद शर्माले गरेका थिए।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22266, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत
समाचार२०८३ भाद्र २५, बिहीबार २१:३७प्रदेश प्रमुखसमक्ष प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार२०८३ भाद्र २५, बिहीबार १३:२४होटल संघ पोखराद्वारा राहत कोषमा २९ लाख बढी सहयोग








