पोखरा सडक महोत्सव सुरु

पोखरा सडक महोत्सव सुरु

पाेखरा ।
पोखरा सडक महोत्सवको २७ औं श्रृङ्खला आईतबार देखि शुरु भएको छ । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाउँ’ भन्ने मूल नाराका साथ रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा भएको कार्यक्रमको उद्घाटन नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलस्रोत तथा सिंचाई र सहरी विकास मन्त्री कुलमान घिसिङले गरे ।

मन्त्री घिसिङले पोखरा पर्यटनको हब भएकाले यससँग अन्य सहर र देशको कनेक्टीभिटी बढाउनुका साथै पोखरालाई सडक र हवाई दुबै मार्गमा पनि कनेक्टीभिटी सहज बनाउनुपर्नेमा जोड दिए ।

फेवाताल पोखराको गहना र पर्यटकीय केन्द्र यसो संरक्षण गर्न सकेको अवस्थामा पर्यटक प्रवद्धन हुनुका साथै आर्थिक विकास हुने बताए । कार्यक्रममा उनले फागुन २१ गतेको चुनाव सफल पार्नका लागि सरकार लागि परेको बताए ।

उनले देशको स्थायित्वका लागि पनि चुनाव गराउनुपर्ने जानकारी दिए । चुनावपछिको सरकार विकासका लागि सवैले इमान्दारिता पुर्वक काम गर्ने व्यक्ति चुन्नका लागि आम नागरिकलाई उनकाे आग्रह छ ।

गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटनको विकासका लागि प्रदेश सरकार लागिरहेको जानकारी दिए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलबाट अन्र्तराष्ट्रिय नियमित उडानमा पल गर्नका लागि मन्त्री घिसिङलाई आग्रह गरे ।

महोत्सव सुरु हुनु अघि पोखराको हल्लन चोकदेखि विभिन्न जात जातिहरुको मौलिक सांस्कृतिक बाजगाज र झाँकी, गण्डकी प्रदेश एपिएफ व्याण्ड सहितको ¥यालि निकालिएको थियो ।

महोत्सव अवधि लेकसाईडकको खहरेदेखि अम्बोटसम्मको करीब साढे ३ किलोमिटर क्षेत्रमा सडकमै खानाका परिकारहरु पाइने रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए ।

उनका अनुुसार महोत्सवको मुख्य आर्कषण विभिन्न जातजातीका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुदतर्फ डुंगा दौड प्रतियोगिता रहेको छ ।

यो पनि पढ्नुहोस् :  दिगो विकास, सुशासन र रोजगारीलाई प्राथमिकता दिँदै नीलकण्ठको नीति तथा कार्यक्रम सार्वजनिक

त्यसैगरी वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने छुट्टाछुट्टै प्रतियोगिता, सचेतनामुलक सडक नाटक, सेल्फी फोटो बुथलगायत रहने कार्यक्रम संयोजक वसन्त गौतमले जानकारी दिए ।

त्यस्तै, महोत्सव अवधीभरमा पोखराको पर्यटनको विकास, प्रवद्र्दन, अवसर तथा चुनौतिका विषय केन्द्रीत अन्र्तक्रिया कार्यक्रम पनि हुनेछ । महाेत्सव पौष १७ गतेसम्म चल्नेछ ।

पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20394, citypokhara.com

लेखकको बारेमा

सिटी पाेखरा डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   7   =