पोखरामा सडकबाटै अंग्रेजी नयाँ वर्ष २०२६ को भव्य स्वागत

पोखरा । पोखरेलीहरुले सडकबाटै अंग्रेजी नयाँ वर्ष २०२६ को भव्य स्वागत गरेका छन् भने २०२५ लाई बिदाई गरेका छन् ।
अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले आयोजना गरेको २७ औँ पोखरा सडक महोत्सवको रमाइलोसँगै अंग्रेजी नयाँ वर्षको स्वागत गर्न आईतवार हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरु लेकसाइड पुगेका थिए ।
राति १२ बज्नै लाग्दा पटका पट्काउँदा सडकमा रहेका हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरु उत्साही भएका थिए । उनीहरुले मध्यरातमा सडकबाटै एक आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गरे ।
रेवान पोखराले “सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ” भन्ने नाराका अंग्रेजी नयाँ वर्षको अवसरमा गर्दै आएको सडक महोत्सवमा पोखरा र यस क्षेत्रको कला, सँस्कृति, भेषभूषाले मुख्य आक्रषण रहेको छ। नयाँ वर्षको स्वागत गर्न जम्मा भएका विदेशी तथा स्वदेशी पर्यटकले लेकसाइडको बाटो खचाखच भएको थियो ।
आफ्ना परिवार, साथी संग घुम्न जाने, विभिन्न कार्यक्रम आयोजना गर्ने, अनि रमाउदै नयाँ बर्षको स्वागत गर्ने प्रमुख गन्तब्य बनेको पोखरा सडक रेवान पोखरा अध्यक्ष नरेशबहादुर भट्टराईले बताए । उनले अंग्रेजी होस् या नेपाली नयाँ बर्ष पोखरा सबैको पहिलो रोजाइमा पर्ने गरेको बताए ।
उनीहरुले पौष महिनाको मध्यरातको चिसोको प्रवाह नगरी सर्बैै पीडा भुलेर नयाँ संकल्प, नयाँ उद्देश्य र नयाँ ऊर्जाका साथ पोखरामा राती १२ बजे आतिसबाजीसहित नयाँ वर्ष २०२६ को स्वागत गरेका हुन् ।
सडक महोत्सवमा रमाउन आन्तरिक पर्यटक , चिन, भारत र बङ्लादेशबाट पनि सयौँ पर्यटक पोखरा आएको आयोजक रेवान पोखराले जनाएको छ ।
अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका मानिसले एक आपसमा शुभकामना आदान प्रदान गरिरहेका छन् । विशेष गरी युवापुस्ताले अंग्रेजी नयाँ वर्षलाई मनाउने गरेका छन् ।
सडक महोत्सवमा न्यू इयर ईभको दिन बुधवार बेलुका एक्स नेपथ्य, उज्जन शाक्य, डिमर्चा, लेकाली र देउराली व्याण्डको लाइभ प्रस्तुति रहेको थियो भने कार्टुन क्रुकी भाइरल डान्सर आस्मा विश्वकर्मा र सरोज अधिकारीको विशेष प्रस्तुति रहेको थियो । विदेशी पर्यटकको भिडभाड हुने ठाउँमा पनि ‘न्यू इयर इभ’ का कार्यक्रम भएका थिए ।
महोत्सव अवधिभर विभिन्न जातजातिका लोपोन्मुख भेषभूषा र सांस्कृतिक झाँकी, मौलिक सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, लाइभ कन्सर्ट, डुंगा दौड, वेटर रेस, डोरी तान्ने प्रतियोगिता, मःम तथा ससेज खाने प्रतियोगिता, सचेतनामूलक सडक नाटक र सेल्फी फोटो बुथजस्ता आकर्षक कार्यक्रम समावेश छगरिएको महोत्सव संयोजक तथा रेवान पोखराका उपाध्यक्ष वसन्त गौतमले जानकारी दिए ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्य स्थलको रूपमा विकास गर्ने उद्देश्यसहित पोखरा सडक महोत्सवको आयोजना गरिन्छ ।
पर्यटनलाई मुख्य जोड दिँदै दिने महोत्सव लेकसाइडको फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेवरसम्मको करिब तीन किलोमिटर सडकमा महोत्सव सञ्चालन गरिएको छ ।
महोत्सव अवधिभर यस क्षेत्रमा सञ्चालित होटेल तथा रेस्टुरेन्टहरूले आफ्ना भान्सा सडकमै राख्ने र त्यहीँबाट पर्यटकलाई सेवा दिएका छन् ।
महोत्सव अवलोकन गर्न र नयाँ वर्ष मनाउन आउने पाहुनाले यहाँका रेष्टुरेण्ट तथा होटलहरु भरिएका छन् । गत आईतबारदेखि शुरु भएकोे महोत्सव विहिबार सकिदैछ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20445, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ३, बिहीबार २२:०१पोखरामा अफलाइन पठाओ/इनड्राइभ चलाउने १३ जना पक्राउ
समाचार२०८३ बैशाख ३, बिहीबार १६:३१पोखरामा रोटरी डिष्ट्रिक्ट ३२९२ को १८औँ सम्मेलन शुक्रबारदेखि,१५ सय रोटरियन सहभागी हुने
समाचार२०८३ बैशाख ३, बिहीबार ०६:२८गण्डकीका कृषि मन्त्री भिम कार्कीको पहिलो निर्णय उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने
समाचार२०८३ बैशाख २, बुधबार १७:१७सुरेन्द्रराज पाण्डे नेतृत्वमा गण्डकी मन्त्रिपरिषद् पुनर्गठन






