धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा केवलपुर हरिहर भोजकुमारी माविमा कपडा वितरण

धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा केवलपुर हरिहर भोजकुमारी माविमा कपडा वितरण

धादिङ,२६ पस
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १० स्थित केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालयमा कपडा वितरण गरीएको छ ।धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा विद्यालयमा अध्ययनरत १६६ जना विद्यार्थीहरुलाई जाडो महिनामा लगाउने कपडा वितरण गरीएको धादिङ नेपाली समाज अमेरिका अध्यक्ष टक बहादुर रुवालीले जानकारी दिनुभयो ।

धादिङ नेपाली समाज अमेरिकाको सहयोगमा केवलपुर हरिहर भोजकुमारी माविमा कपडा वितरण

कपडा वितरण कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष गोकुल लामिछाने,सामाजिक व्यक्क्तित्व माईली विडारी,प्रधानाध्यापक सानु पन्त पौडेल र पुर्व प्र.अ. सहदेव गजुरेल लगायतको सहभागिता रहेको थियो। शुक्रबार विद्यालयमा प्रांङगणमा एक कार्यक्रमका विच विद्यार्थीहरुलाई ट्याक सुट र टि सर्ट वितरण गरीउको स्थानीय संयोजक तथा चुलीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषिश्वर बुर्लाकोटीले जानकारी दिनुभयो ।

धादिङ नेपाली समाज अमेरिकाका सदस्य तथा कार्यक्रम संयोजक रबिन बिडारीको संयोजनमा विद्यालयका विद्यार्थीहरुलाई कपडा वितरण गरीएको हो । समाजले यसअघि पनि विभिन्न विद्यालयमा न्यानो कपडा वितरण गरीसकेको छ । अबको केहि महिना भित्र बेनिघाट रोराङ गाउँपालिका वडा नम्र ८ स्थित गोठिभज्ज्याङ आधारभुत विद्यालय र गंगाजमुना गाउँपालिका स्थित चिम्चोक माध्यमिक विद्यालयलाई न्यानो कपडा वितरण गरिने समाजका अध्यक्ष टक बहादुर रुवालीले जानकारी दिनुभयो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 4   +   7   =  

Protected by Spam Master