कास्कीमा ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइने

पोखरा ।
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ साल पौष २७ गते आइतबार कास्की जिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको छ। कास्की जिल्ला निवासी नागरिकहरूको तर्फबाट गठित नागरिक मूल समारोह समिति, कास्कीको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो।
राष्ट्रिय एकताका प्रतीक तथा नेपाल राष्ट्रका निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य र सभ्य रूपमा मनाउने तयारी गरिएको समितिका प्रमुख संरक्षक प्रमुख विद्वान् चैतन्य महाराज जी बताए ।
कार्यक्रममा मौलिक रैथाने इतिहासका ज्ञाता तथा अन्तर्राष्ट्रिय विश्व हिन्दू महासंघ धर्मसभाका अध्यक्ष आदरणीय गुरु उत्तमदत्त जय बोनि प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
समितिका अनुसार आइतबार अपराह्न ११ बजे कास्की जिल्लाभित्रका सामाजिक, धार्मिक, शैक्षिक तथा विभिन्न संघ–संस्थाहरू आ–आफ्ना ब्यानर र मौलिक भेषभूषासहित पोखराको मानव अधिकार चोक, चिप्लेढुंगामा भेला हुनेछन्।
११:३० बजे उक्त भेलालाई शोभायात्रामा परिणत गर्दै पञ्चेबाजा, झाँकी, नाचगानसहित पृथ्वीचोक कार्यक्रम स्थलतर्फ अघि बढाइनेछ।
१२:३० बजे पृथ्वीचोकमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई सम्बोधन गर्दै श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरिनेछ। साथै प्राज्ञिक व्यक्तित्वहरूद्वारा राष्ट्रिय एकता, इतिहास र पृथ्वीनारायण शाहको योगदानबारे चर्चा–परिचर्चा कार्यक्रमसमेत आयोजना गरिनेछ।
वैश्विक स्तरमा नेपाल देशको स्वतन्त्र अस्तित्व स्थापित गर्न तथा नेपालीहरूको शौर्य, पराक्रम र राष्ट्रिय एकताको विस्तारमा पृथ्वीनारायण शाहको भूमिका महत्वपूर्ण रहेको समितिको भनाइ छ। महान व्यक्तित्वहरूको संस्मरण गर्दै जन्मजयन्ती मनाउनु वैदिक संस्कृति तथा नेपालीहरूको मौलिक परम्परा भएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउनु सबैको साझा जिम्मेवारी भएको समितिले जनाएको छ।
कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहने भएकाले समाचार सम्प्रेषण तथा सहभागिताका लागि पत्रकारहरूसँग समितिले आग्रह गरेको छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20491, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ भाद्र ३०, मंगलवार १४:३८हिमालयपारिको अविस्मरणीय यात्रा : चीनमा सिकेका सात दिन
समाचार२०८३ भाद्र ३०, मंगलवार ०७:३४फ्र्याङ्कलिन एजुकेशन कन्सल्टेन्सीद्वारा रसुवा बाढीपीडितलाई राहत
समाचार२०८३ भाद्र २८, आईतवार १७:२७छेङ्दुमा १२ नेपाली युवा: सुपरकम्प्युटिङ र रोबोटिक्सदेखि प्राचीन सभ्यतासम्मको यात्रा
समाचार२०८३ भाद्र २८, आईतवार ०४:००रेवान पोखराको अध्यक्षमा वसन्त गौतम सर्वसम्मत







