मदनकृष्ण श्रेष्ठले सार्वजनिक गरे यम बरालका ३ गीत

काठमाडौँ। गायक यम बरालद्वारा स्वरवद्ध ३ वटा गीतहरु सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘यो साँझ फेरी’, ‘जुन र सुनको’ र ‘टेण्डर माया’ सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ष्ठ, बिशिष्ठ अतिथी बरिष्ष्ठ संगीतकार तथा प्राध्यापक दिपक जंगम, निर्देशक तथा कलाकार दिपाश्री निरौला,पत्रकार ऋषी धमला लगायतले गीत तथा भिडियो सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गीत मध्ये ‘यो साँझ फेरी’मा राखी गौचनको शब्द र शंकर थापा ‘स्माइल’को संगीत छ । गीतको भिडियोमा केशव राज भट्टको निर्देशक, अमन बडुको छायाँकन, राकेश दाहालको सम्पादन र जुना कार्की र गायक बरालको अभिनय रहेको छ ।
यस्तै दोस्रो गीत ‘जुन र सुनको’मा सञ्जय बरालको शब्द र बिकास चौधरीको संगीत रहेको छ । गीतको भिडियोलाई गीतकार बरालले नै निर्देशन गरेका हुन् भने गायक बराल, श्री थपलिया, सुरेन पौडेल र नारायण प्रधान सैजुको अभिनय रहेको छ । भिडियोमा बिक्रम डिसीको छायाँकन र विकाश धमलाको सम्पादन छ ।
यस्तै तेस्रो गीत ‘टेण्डर माया’मा पनि सञ्जय बरालकै शब्द र विकास चौधरीको संगीत रहेको छ । नितिन चन्दले निर्देशन गरेको भिडियोमा सन्दिपा गौतम, नविन महतरा क्षेत्री, रशिला श्रेष्ठ र गायक बराल स्वयम्को अभिनय रहेको छ । नमित चन्द ठकुरी एसोसियट निर्देशक रहेको भिडियोमा मनोज केसीको छायाँकन र शुकुन तिमल्सिनाको सम्पादन छ ।
कार्यक्रमलाई सम्बोधन गदै गायक बरालले लामो समयपछि आफु मुलधारको संगीतमा फर्किएको बताएका छन् । ३५ वर्ष देखि निरन्तर संगीतमा सक्रिय गायक बरालले आफु फण्डामा भन्दा साधनामा रम्न चाहने गायक भएको बताए । आफुले जानेको भनेकै संगीत मात्र भएकोले निरन्तर संगीतकर्ममै सक्रिय रहीरहेको उनको भनाई छ । गायक बरालले आफुलाई बिश्वास गरेर उत्कृष्ट सृजनाका लागि सहकार्य गरेको भन्दै सार्वजनिक गीतका श्रष्टा तथा स्रजकहरु प्रति आभार समेत ब्यक्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मदन कृष्ण श्रेष्ठले आफुलाई मन पर्ने आवाज मध्येको एक यम बरालको भएको बताए । श्रीमतिलाई गुमाएपछि आफु प्रायः भावुक रहने गरेको भन्दै कलाकार श्रेष्ठले गायक बरालका गीतले आफ्नो मन भुलाएको प्रतिक्रिया दिए । उनले संगीतकार थापाको सृजनाको मुक्त कण्ठले प्रसंसा गर्दै आफुलाई उनको संगीतमा गीत गाउन मन भएको बताए ।
यस्तै संगीतकार दिपक जंगमले सार्वजनिक गीतका बिभिन्न आयामहरु बारे चर्चा गरेका थिए । उनले हरेक कोणबाट उत्कृष्ट सृजना तयार भएको बताए । गीतमा शब्द, संगीत र स्वरको अदभूत तालमेल मिलेको प्रतिक्रिया जंगमको भनाई छ ।
कार्यक्रममा गीतकार संघका अध्यक्ष बसनत बित्यासी थापा, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, पूर्व अध्यक्ष बरिष्ठ पत्रकार शान्तिप्रिय, एनआरएनए कोरियाका संस्थापक अध्यक्ष गंगा राज राई, संगीतसर्जक गणेश पराजुली, गीतसंगीतमा आवद्ध श्रष्टा, स्रजक तथा कलाकारहरुका साथै बिभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:४६चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने
कला, विचार/मनोरञ्जन२०८३ असार ५, शुक्रबार २१:३८सामाजिक कथावस्तुमा निर्माण गरिएको ‘हली’को टिजर सार्वजनिक
समाचार२०८३ असार ५, शुक्रबार १९:०८नीलकण्ठ नगरपालिकामा पालिका स्तरीय बृहत शैक्षिक सामग्री प्रदर्शनी सम्पन्न
स्वास्थ्य/जानकारी टिप्स२०८३ असार ५, शुक्रबार १४:३८भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो « रिपोर्टर्स नेपाल









