धादिङमा मनोनयन दर्ता सम्पन्न, चुनावी माहोल तातिँदै(उम्मेद्वारको विवरण सहित)

धादिङ,६ माघ
धादिङमा आगामी निर्वाचनका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्। निर्वाचन कार्यतालिकाअनुसार आज जिल्ला निर्वाचन अधिकृतको कार्यालय धादिङमा उम्मेदवारी दर्ता गरिएको हो।धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट रमेश धमलाले मनोनयन दर्ता गराएका छन्। कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य तथा धादिङका पूर्व सभापति धमलाको संघीय तहमा यो पहिलो उम्मेदवारी हो। यसअघि २०७४ सालमा उहाँ प्रदेशसभा सदस्यको उम्मेदवार बन्नुभएको थियो।
उक्त क्षेत्रमा नेकपा एमालेबाट संविधानसभा सदस्यसमेत रहनुभएका धनबहादुर घलेले उम्मेदवारी दर्ता गराउनुभएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहित जारी औपचारिक पत्रका आधारमा घलेले मनोनयन दर्ता गराएका हुन्। यसैगरी नेकपा एमालेबाट चन्द्र रिजाललाई हिजो मात्र टिकट ल्याउनुभएको थियो । एकाएक पुनः घलेले उम्मेद्वारी दर्ता गराएपछि रिजालले निर्वाचन अधिकृत कार्यालयमा लफडा गर्नुभएको थियो ।
धादिङ–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट ‘जनयुद्धका जिउँदा साक्षी’ भनेर चिनिने रामबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको छ। लडेर घाइते भएपछि बाँया खुट्टामा ब्याण्डेज बाँधी बैशाखीको सहारामा निर्वाचन कार्यालय पुगेर उहाँले मनोनयन दर्ता गराउनुभएको हो। उहाँ तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी एकीकरणपछि बनेको नेकपाका उम्मेदवार हुनुहुन्छ।राष्ट्रिय स्वतन्त्र पार्टीबाट बोधनारायण श्रेष्ठले धादिङ–२ मा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
साथै राप्रपाबाट सुरेश रिजाल, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट वीरबहादुर तामाङ, मंगोल नेशनल अर्गनाइजेशनबाट वीरबहादुर लामा, श्रम संस्कृति पार्टीबाट टासी लामा तामाङ तथा संयुक्त नागरिक पार्टीबाट देवेन्द्र गैरेले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । ।त्यस्तै, धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट कृष्ण रिजालले मनोनयन दर्ता गराउनुभएको छ । । नेपाली कम्युनिस्ट पार्टीबाट राजेन्द्रप्रसाद पाण्डे उम्मेदवार बन्नुभएको छ । पुर्व मुख्यमन्त्री समेत रहनुभएका पाण्डेले र्याली सहित कार्यकर्ताको तामझाम सहित उम्मेद्वारी दर्ता गराउनु भएको छ ।
यसैगरी नेकपा एमालेबाट भूमि त्रिपाठीले नेता–कार्यकर्ताको ¥यालीसहित गल्छीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको छ। त्रिपाठी एमाले केन्द्रीय सदस्य तथा जिल्ला कमिटी धादिङका पूर्व अध्यक्ष हुन्।धादिङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सामाजिक अभियन्ता आशिका तामाङले उम्मेदवारी दर्ता गराएकी छन् । सामाजिक अभियन्ता तामाङ पनि कार्यकर्ताको र्याली सहित उम्मेदवारी दर्ता गराएकी हुन् ।मनोनयन दर्ताका क्रममा दलका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उम्मेदवारी दर्तासँगै धादिङमा चुनावी गतिविधि थप तीव्र बन्दै गएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
स्वास्थ्य/जानकारी टिप्स२०८२ चैत्र २२, आईतवार ११:१३गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय लाभान्वित
समाचार२०८२ चैत्र २२, आईतवार १०:४६पोखरामा ‘संस्कृत भजन वाटिका’
समाचार२०८२ चैत्र २२, आईतवार ०९:१८पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २२, आईतवार ०८:५५७ वर्षपछि सुशील पोखरेलको दमदार कमब्याक : ‘परालको आगो’ प्रति बढ्दो अपेक्षा








