चलचित्र ‘परिवर्तन’ टिम चितवनमा | Celebrity Nepal

चितवन । यही शुक्रबार (माघ ९ गते) देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परिवर्तन’ को टिमले बुधबार चितवनमा पत्रकार भेटघाट गरेको छ। चलचित्रको प्रचार–प्रसारका लागि निर्देशक विजय केरुङसँगै कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली चितवन पुगेका हुन्।
पत्रकार भेटघाटमा निर्देशक केरुङले अहिलेको युगले नै ‘परिवर्तन’ खोजिरहेको उल्लेख गर्दै चलचित्रले देशको सीमाना र राष्ट्रियताको मुद्दा उठाएको बताए। उनका अनुसार ‘परिवर्तन’ हरेक नेपालीले हेर्नुपर्ने चलचित्र हो र यस्तो विषयवस्तु बोकेको फिल्म सहजै नआउने उनले दाबी गरे।
चलचित्रका नायक सुशील श्रेष्ठले ‘परिवर्तन’ केवल एक्सनप्रधान मात्र नभई, हामी सबैले खोजिरहेको परिवर्तन कहाँबाट सुरु हुन्छ भन्ने सन्देश फिल्ममार्फत दिन खोजिएको बताए। यस्तै, नायिका अञ्जना बराईलीले देशमा व्याप्त कुशासन कसरी गहिरोसँग जरा गाडेर बसेको छ, त्यसविरुद्धको विद्रोहलाई चलचित्रमार्फत प्रस्तुत गरिएको जानकारी दिइन्।
दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘परिवर्तन’मा सुशील श्रेष्ठ र अञ्जना बराईलीसँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेको मुख्य भूमिका रहेको छ।
एक्सन–सस्पेन्स विधामा निर्माण गरिएको यस चलचित्रको निर्देशन विजय केरुङले गरेका हुन्। दीपक शिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका छन्।
फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ। यसअघि सार्वजनिक पोस्टर, टिजर, ट्रेलर र ‘पाकेको चिउरी’ बोलको गीतले दर्शकमाझ राम्रो चासो बटुलिसकेको चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८३ असार ३०, मंगलवार १३:२५निर्माता तथा गीतकार राकेश शाह
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:१३‘गौँथली’को अनौठो प्रचार अभियान : डोकोमा घाँस बोकेर सडकमा उत्रिइन् अभिनेत्री सिम्रन
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०८:०१‘ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट
कला, विचार/मनोरञ्जन२०८३ असार २९, सोमबार ०७:४४ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक









