दक्षिण एसियाली नारीवादी फिल्म महोत्सव–फिल्म म्याराथन २०२६ आयोजना हुँदै

काठमाडौं । महिलाको समानता, न्याय र आवाजलाई सशक्त बनाउने उद्देश्यसहित दक्षिण एसियाली नारीवादी फिल्म महोत्सव–फिल्म म्याराथन २०२६ आयोजना हुने भएको छ। ब्लु बटरफ्लाइ फाउन्डेसनको आयोजनामा हुने उक्त कार्यक्रम आगामी माघ १३ गते (जनवरी २७, २०२६) बिहान १०:०० बजेदेखि ११:३० बजेसम्म नयाँ बानेश्वरस्थित वन सिनेमाज मा सम्पन्न हुनेछ।
यो कार्यक्रम विश्वव्यापी One Billion Rising (OBR) 2026 अभियानको एक महत्वपूर्ण अङ्ग हो, जसले चलचित्रलाई संवाद, प्रतिरोध र सामाजिक परिवर्तनको माध्यमका रूपमा प्रयोग गर्दै आएको छ। महोत्सवमा दक्षिण एसियाली महिलाका जीवन अनुभव, संघर्ष, साहस, न्याय र समानताका कथाहरू प्रस्तुत गरिनेछ।
कार्यक्रममा दुई प्रभावशाली फिल्म प्रदर्शन गरिने छन्। नेपाली फिल्म ‘अनस्पोकन बन्ड’ ले मौनता, भावनात्मक सम्बन्ध र जटिल सामाजिक यथार्थभित्र महिलाको मनोवैज्ञानिक दृढतालाई संवेदनशील ढङ्गले प्रस्तुत गर्छ। यस्तै, पाकिस्तानको अन्तर्राष्ट्रिय रूपमा प्रशंसित डकुमेन्ट्री ‘सेभिङ फेस’ ले एसिड आक्रमणविरुद्धको संघर्ष, साहस, न्याय र जीवनको पुनर्निर्माणको कथा भन्छ।
दक्षिण एसियाली नारीवादी फिल्म महोत्सवले बंगलादेश, नेपाल, पाकिस्तान, भारत र श्रीलंकाका प्रभावशाली फिल्ममार्फत नारीवादी आवाज र कथाहरूलाई उजागर गर्दै असमानताविरुद्ध चेतना फैलाउने लक्ष्य लिएको छ।
ब्लु बटरफ्लाइ फाउन्डेसनका अध्यक्ष सृजन श्रेष्ठ र बटरफ्लाइ फिल्म्स प्रा.लि.का प्रबन्ध निर्देशक जेनिश पहारी को नेतृत्वमा आयोजना हुने यस कार्यक्रमलाई संगत नेपाल, वन बिलियन राइजिङ नेपाल २०२६ तथा बटरफ्लाइ फिल्म्सले सहयोग गरेका छन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २१, शनिबार ०९:३०कलाकार सागर लम्साल पक्राउ | Celebrity Nepal
समाचार२०८२ चैत्र २०, शुक्रबार २०:५५संसदमा बादलले गरेको सम्बोधनलाई लिएर एमाले सचिवालय बैठकमा छलफल
समाचार२०८२ चैत्र २०, शुक्रबार १९:०६पत्रकारितामा एआईको प्रयोग सम्बन्धी तालिम सम्पन्न
कला, विचार/मनोरञ्जन२०८२ चैत्र २०, शुक्रबार १०:४८चलचित्र विकास बोर्डमा विभिन्न तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण








