टाइगर कपः महिलातर्फ एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो

पोखरा ।
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्स तेस्रो बनेको छ ।
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्स तेस्रो बनेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी च्याम्पियनसिपअन्तर्गत महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा थाइल्याण्डले एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट २३–२५ ले गुमाएको थाइल्याण्डले दोस्रो सेट २५–११ र तेस्रो सेट २५–९ ले आफ्नो पक्षमा पा¥यो । थाइल्याण्डले चौथो सेट २३–२५ ले गुमाउँदा खेल पाँचौं सेटमा धकेलियो ।
पाँचौं सेटमा १५–११ ले आफ्नो आफ्नो पक्षमा पार्दै थाइल्याण्ड तेस्रो बन्यो । तेस्रो बनेसँगै थाइल्याण्डले २ लाख ६ हजार ६६६ रुपैयाँ हात पा¥यो । महिलातर्फको उपाधिका लागि भने न्यू डायमण्ड स्पोट्र्स क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । उक्त खेल शुक्रबार हुनेछ ।
अब पुरुषतर्फका दुई खेल हुनेछन् । पुरुषतर्फको पहिलो खेल नेपाल पुलिस क्लब र माल्दिभ्स भलिबल एसोसियसन खेल्दैछन् । त्यसपछि त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बिच हुनेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20735, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ माघ १६, बिहीबार १७:२५निर्वाचनलाई मध्यनजर गर्दै काउन्सिलद्वारा आचारसंहितामा छलफल
समाचार२०८२ माघ १६, बिहीबार १३:३०टाइगर कपः महिलातर्फ एपीएफलाई हराउँदै थाइल्याण्ड क्विन्स तेस्रो
समाचार२०८२ माघ १६, बिहीबार ०६:१७धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार अर्पण
समाचार२०८२ माघ १५, बुधबार १९:०७टाइगर कपः न्यू डायमण्डसँग थाइल्याण्ड पराजित, पुलिस फाइनलमा प्रवेश






