पाेखरामा अन्तर माध्यमिक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता ‘प्रतिभा सुपर लिग’ हुने

पोखरा ।
पाेखरामा आईतबारदेखि अन्तर माध्यमिक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता ‘प्रतिभा सुपर लिग’ हुने भएकाे छ ।
पाेखराकाे शैक्षिक सान प्रतिभा माध्यमिक विद्यालयको आयोजना, पोखरा महानगरपालिका जिल्ला क्रिकेट सङ्घको प्राविधिक सहयोग र समन्वयमा ‘प्रतिभा सुपर लिग’ (PSL) हुने बिहिबार पत्रकार सम्मेलन गरि जानकारी गराइएकाे हाे ।
पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियाेगिता यहि २५ गतेसम्म सञ्चालन हुनेछ ।प्रतियोगितामा कास्की जिल्लाअन्तर्गतका १२ वटा विद्यालयका टिमहरू सहभागी हुनेछन्।
लिग कम नकआउट प्रणालीमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (ICC) को नियमअनुसार सञ्चालन हुनेछ । प्रतियोगिताको उद्देश्य विद्यालयस्तरका विद्यार्थीहरूमा खेलकुदमार्फत भातृत्व, अनुशासन, नेतृत्व क्षमता, सहकार्य तथा खेल भावना विकास गर्नु रहेको विद्यालयका प्रधानाध्यापक किरण सापकाेटा बताए ।
यस पटक छात्रहरुबिच मात्र प्रतियाेगिता हुने आगामी दिनमा छात्राहरुकाे विचमा पनि प्रतियाेगिता सञ्चालन गर्ने विद्यालयकाे प्रतिवद्वता छ ।

प्रतियोगितामा विजेता टिमलाई नगद ३० हजार रुपैयाँसहित मेडल र ट्रफी प्रदान गरिनेछ भने उपविजेता टिमले नगद २० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछन्। साथै बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, प्लेयर अफ द सिरिज तथा म्यान अफ द म्याच जस्ता व्यक्तिगत विधामा पनि ट्रफीसहित सम्मान गरिनेछ।
उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले कास्की जिल्लाअन्तर्गतको यू–१९ क्रिकेट टिममा छनोट हुने अवसरसमेत प्राप्त गर्ने आयोजकले जनाएकाे छ ।
प्रतियोगिताले स्थानीय क्रिकेटको स्तर उकास्न र नयाँ प्रतिभाहरूलाई पहिचान गर्ने महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पाैडेलले जानकारी दिए ।
प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयाेजककाे अनुमान छ।
प्रतियोगितामा सहभागी हुने विद्यालयहरूमा कुमुदिनी होम्स माध्यमिक विद्यालय, ग्लोबल कलेजियट स्कुल, गुरुकुल विद्यासदन, छोरेपाटन माध्यमिक विद्यालय, जनप्रिय माध्यमिक विद्यालय, टप्स माध्यमिक विद्यालय, डायमन्ड माध्यमिक विद्यालय, नेपाल–भारत मैत्री विद्यालय, प्रतिभा माध्यमिक विद्यालय, बाराही माध्यमिक विद्यालय, बालमन्दिर माध्यमिक विद्यालय र मदरल्यान्ड माध्यमिक विद्यालय रहेका छन् । प्रतियाेगिताकाे टाइसिट विहिबार नै सार्वजनिक गरिसकिएकाे छ ।
प्रतियोगिताको उद्घाटन माघ १८ गते बिहान ८ बजे र समापन तथा पुरस्कार वितरण कार्यक्रम माघ २५ गते दिउँसो १ बजे पोखरा रङ्गशालामा हुने छ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20741, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ असार २९, सोमबार २१:५५कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट पत्रकार हितानमगर र गुरुङ सम्मानित
समाचार२०८३ असार २९, सोमबार २१:४४विश्वभरका नेपालीलाई भाषा र साहित्यमार्फत् जोड्ने सेतु भानुभक्तः प्रदेश प्रमुख भट्ट
समाचार२०८३ असार २९, सोमबार १९:५०काउन्सिल अध्यक्ष श्रेष्ठद्वारा पदबहाली, एआईसम्बन्धी मार्गनिर्देशिका बनाएर अघि बढ्ने
समाचार२०८३ असार २९, सोमबार १७:१९नयाँ अनलाइनका सञ्चालक/सम्पादकलाई आचारसंहिता अभिमुखीकरण








