पाकिस्तानले भारतसँग टी–२० विश्वकप नखेल्ने

पाकिस्तानले भारतसँग टी–२० विश्वकप नखेल्ने

काठमाडौं, माघ १९ । पाकिस्तानले आइसीसी टी–२० विश्वकपमा भारतविरुद्धको खेल नखेल्ने घोषणा गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले टी–२० विश्वकपमा सहभागी हुने तर फेब्रुअरी १५ का लागि तय गरिएको भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेको जानकारी दिएको छ ।

पाकिस्तान सरकारले भनेको छ, ‘पाकिस्तान सरकारले पाकिस्तान क्रिकेट टोलीलाई आईसीसी विश्व टी–२० २०२६ मा भाग लिन स्वीकृति प्रदान गरेकोछ, यद्यपि, पाकिस्तान क्रिकेट टोली १५ फेब्रुअरी २०२६ मा भारतविरुद्धको खेलमा मैदानमा उत्रने छैन ।’

यसअघि बंगलादेशले भारतमा विश्वकप नखेल्ने अडान लिएपछि आइसीसीले उसलाई बाहिर निकालेर उसको स्थानमा स्कटल्याण्डलाई विश्वकप खेल्ने अनुमति दिएको थियो ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
यो पनि पढ्नुहोस् :  साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 1   +   6   =  

Protected by Spam Master