बङ्गलादेशसँग भारत पराजित « रिपोर्टर्स नेपाल

कास्की,१९ माघ । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा भारतलाई बङ्गलादेशले २–० गोलले पराजित गरेको छ ।
बङ्गलादेशले खेलको पहिलो हाफमा गरेको दुई गोलनै भारतलाई हराउन पर्याप्त रह्यो । खेलको २९ औँ मिनेटमा कप्तान अरपिता विश्वास अरपिताले गोल गरेर अग्रता बनाएको थियो ।
यसैगरी खेलको ४० औँ मिनेटमा अल्पी अक्तरले बङ्गलादेशका लागि गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोलले पछि परेको भारतले खेलमा फर्कन प्रयास गरेपनि सफल हुन सकेन ।
दुई खेलमा जित हासिल गरेपछि बङ्गलादेश जारी प्रतियोगिताको अङ्क तलिकामा शीर्ष स्थानमा रहेको छ । बङ्गलादेशले ६ अङ्क जोड्दा समान खेल खेलको भारत तीन अङ्कसहित दोस्रो स्थानमा छ । लिग चरणको आजको अर्को खेल घरेलु टोली नेपाल र भुटानबीच हुँदैछ । यी दुबै टोलीले पहिलो खेलमा पराजित भएका थिए ।
नेपाल आफ्नो पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो भने उद्घाटन खेलमा भुटान भने बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ २, शनिबार १७:४२पश्चिम एसिया द्वन्द्व रोक्न अन्तरराष्ट्रिय समुदाय लाग्नुपर्नेमा नेपालको जोड
समाचार२०८३ जेष्ठ २, शनिबार १७:१५नीलकण्ठ नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
खेलकुद२०८३ जेष्ठ २, शनिबार १२:२४साफ खेल्ने नेपाली टोलीको घोषणा,कप्तानीमा एञ्जिलाको पुनरागमन
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ १, शुक्रबार २३:२९सिभिल अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना









