बुढिगण्डकी निर्माणको दबाब अभियानमा नेकपाका उम्मेद्वार रामबहादुर भण्डारीको ऐक्यबद्धता

धादिङबेशी । बुढिगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य शीघ्र अघि बढाउन दबाब दिने उद्देश्यले सञ्चालन गरिएको हस्ताक्षर अभियानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का धादिङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रामबहादुर भण्डारीले ऐक्यबद्धता जनाउनुभएको छ ।
धादिङबेशीमा जारी दशौँ धादिङ महोत्सवस्थलमा बिहीबार बेलुका उपस्थित भई भण्डारीले हस्ताक्षर गर्दै अभियानप्रति समर्थन जनाउनुभएको हो । बुढिगण्डकी आयोजना आफ्नो प्रमुख चुनावी एजेन्डामध्ये एक भएको उल्लेख गर्दै उहाँले यस्तो महत्वपूर्ण विषयलाई उठान गरेकोमा धादिङ उद्योग वाणिज्य संघप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
हस्ताक्षर अभियानमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले बुढिगण्डकी आयोजना निर्माण, पुनर्बास, मुआब्जा तथा जीविकोपार्जनका सवालमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुभयो । उहाँले आयोजना निर्माण कार्य तत्काल सुरु गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
भण्डारीले विगतमा मुआब्जा वितरणका क्रममा भएको असमान मूल्य निर्धारणलाई सच्याउँदै न्यायोचित र वैज्ञानिक आधारमा मूल्य निर्धारण गर्न पहल गर्ने बताउनुभयो । साथै, डुबान प्रभावितहरूका लागि पुनर्बास योजनालाई प्रभावकारी ढंगले अघि बढाइने र बाँकी रहेको मुआब्जा तत्काल वितरण गरिने उहाँको भनाइ छ ।
डुबान क्षेत्र वरपर रिङरोडको प्रयोग गरी पर्यटकीय होमस्टे निर्माणमार्फत पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको उल्लेख गर्दै भण्डारीले यसले स्थानीयको आयआर्जन बढाउने विश्वास व्यक्त गर्नुभयो । नेकपाका उम्मेद्वार भण्डारीले डुबान प्रभावित परिवारलाई लक्षित गर्दै ‘एक घर, एक रोजगारी’ को अवधारणा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
बुढिगण्डकी आयोजना धादिङको समृद्धिसँग प्रत्यक्ष जोडिएको भन्दै भण्डारीले जनताको अधिकार सुनिश्चित गर्दै आयोजना अघि बढाइने स्पष्ट पार्नुभयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८२ माघ २८, मंगलवार १५:२९निखिल उप्रेती–वर्षा सिवाकोटीको फिल्म ‘कस्तुरी’को छायाङ्कन सुरु
समाचार२०८२ माघ २८, मंगलवार १४:४६निर्वाचनमा मतदाताको जिम्मेवारी र भूमिका
स्वास्थ्य/जानकारी टिप्स२०८२ माघ २८, मंगलवार ११:२२उदयपुरमा चार हजार चार सय ३८ बालिकालाई एचपिभी खोप लगाइँदै
समाचार२०८२ माघ २८, मंगलवार १०:२४नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अध्यक्ष निर्वाचित श्रेष्ठलाई धादिङमा सम्मान







