काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’ले रिलिज डेट लक गरेको छ । छायांकनको चरणमा रहेको चलचित्रले ६ महिना पछिलाई रिलिज डेट लक गरेको हो ।
चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने निर्देशक सरोज पौडेलले बताएका छन् । यो चलचित्रमा विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत कलाकार मुख्य भूमिकामा छन् । यस्तै चलचित्रमा कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, विनोद न्यौपाने, पूर्वमिस नेपाल उषा खड्गीलगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ ।
चलचित्रमा लेखन पनि निर्देशक पौडेल स्वयंको छ । चलचित्रको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन् ।
चलचित्रका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह-निर्मातामा छन् । बाबु श्रेष्ठले छायांकन रहने चलचित्रमा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्ने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।










