नव उद्यमी व्यवसायीहरुका लागि लेउवा संघको प्रशिक्षण

लेखनाथ। लेखनाथ उद्योग वाणिज्य संघले नव उद्यमी व्यवसायीहरुका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार आयोजीत कार्यक्रममा व्यवसाय दर्तादेखी कसरी शुरु गर्ने, यसको बजारीकरण, ब्राण्डीङ, वित्तिय व्यवस्थापन, अभिलेख राख्ने, नविकरण एवं करका विषयमा प्रशिक्षण दिईएको थियो ।
तालिमको शुभारम्भ गर्दै आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख शिव प्रसाद ढुंगानाले सुचना प्रविधिको विकाससँगै अब राज्यले पनि पेपरलेस र फेशलेस प्रशासनको अबलम्बन गरिरहेकाले यसबाट व्यवसायीले अनलाईनको माध्यमबाटै व्यवसाय दर्तादेखी, नविकरण, करचुक्ताका सुविधाहरुको लाभ लिन सक्नुपर्ने वताएका थिए ।
प्रमुख ढुंगानाले व्यवसायीहरुले कहिल्यै पनि वास्तविक कारोवार लुकाउन नहुने सुझाव व्यक्त गर्दै विभिन्न संयन्त्रहरुबाट कडा निगरानी हुने भएका कारण झुट्टा विवरणहरु पेश गर्दा सजायको भागिदार हुनुपर्ने अवस्था आउन सक्ने वताएका थिए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले संघले उद्यमशीलतालाई प्राथमिकतामा राखेको भन्दै संघमा आवद्ध व्यवसायीहरुका लागि आफ्नो व्यवसाय सफल एवं मजबुद बनाउन तालिम कोशेढुंगा सावित हुने वताएकी थिईन ।
संघका पुर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले विभिन्न वहानामा हुने आन्दोलन, बैंक तथा वित्तिय संस्थाहरुको घटवढ भईरहने ब्याजदर लगायतका कारणले व्यसायीमैत्री वातावरण निर्माण हुन नसक्दा निजि क्षेत्र जहिल्यै मारमा पर्ने गरेको वताएका थिए ।
संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न भएको तालिममा सिए विवेक श्रेष्ठले प्रशिक्षण दिएका थिए भने कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले र धन्यवाद ज्ञापन तालिम व्यवस्थापन उप–समितिका संयोजक सुजन न्यौपानेले गरेका थिए ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20824, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ बैशाख ३, बिहीबार २२:०१पोखरामा अफलाइन पठाओ/इनड्राइभ चलाउने १३ जना पक्राउ
समाचार२०८३ बैशाख ३, बिहीबार २१:०८१० औं पोखरा स्पोर्टस अवार्डको टाइटल स्पोन्सर रारा तयारी चाउचाउ
समाचार२०८३ बैशाख ३, बिहीबार १६:३१पोखरामा रोटरी डिष्ट्रिक्ट ३२९२ को १८औँ सम्मेलन शुक्रबारदेखि,१५ सय रोटरियन सहभागी हुने
समाचार२०८३ बैशाख ३, बिहीबार ०६:२८गण्डकीका कृषि मन्त्री भिम कार्कीको पहिलो निर्णय उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने






